
बाजुराः शनिवार “हामी र हाम्रो” मुक्तक संग्रहको विमोचन गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २०औँ कृति “हामी र हाम्रो” मुक्तक संग्रहको विमोचन गरिएको हो । १११ जना स्रष्टाका १३३२ मुक्तक सङग्रहित उक्त मुक्तक सङग्रहको भब्य कार्यक्रमका बिच लोकार्पण गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा शनिबार हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २०औँ कृति हामी र हाम्रो मुक्तक सङग्रहको लोकार्पण गरिएको हामी र हाम्रो कृति समाजले जनाएको छ ।कार्यक्रममा कृतिको विमोचन संगै अग्रज श्रष्टा मुक्तककारको मुक्तक वाचन गरेर एक भब्य समारोहका विच कार्यक्रम समापन गरिएको “हामी र हाम्रो कृति समाज” का संस्थापक अध्यक्ष मदन नेपालले बताएका छन् ।
उहाँले भन्नुभयो,“हामी र हाम्रो कृति समाजद्वारा २०औँ कृति,प्रकाशित गरेका छौ” यस कृतिमा १११ जना स्रष्टाका १३३२ मुक्तक समावेश गरिएको बताउनुभयो । हामी र हाम्रो कृति समाजले हरेक समयमा बिभिन्न कृतिहरु प्रकाशित गर्दै आईरहेको बताए । मुक्तक क्षेत्रलाई थप बलियो र सशक्त बनाउने उदेश्य संगै अग्रजहरुलाई सम्मान,अनुजलाई हौसला प्रदान गर्ने उदेश्यले हामी र हाम्रो कृति समाजदले मुक्तक क्षेत्रलाई बलियो तरिकाले अगाडी बढाउँदै लगेको र समय समयमा बिभिन्न कृतिहरु यस माजले प्रकाशित गर्दै आएको बताए । दुई खण्डमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण गरिएको थियो भने दोस्रो खण्डमा नौ जना अग्रज मुक्तकारले मुक्तक वाचन गरेका उहाँले बताउनुभयो ।
कार्यक्रम हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहनु भएको थियो । उक्त कार्यक्रमको दोस्रो खण्डमा अग्रज मुक्तकारको मुक्तकवाचनको कार्यक्रम राखिएको थियो। उक्त दोस्रो खण्डको कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचन रहनु भएको थियो ।
दोस्रो खण्डमा अग्रज साहित्यकार उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी कोने, राधेश्याम लेकाली, यादव भट्टराई,रमेश पौडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुँगेल, डा गोपाल पौड्याल मण्डनेले मुक्तक वाचन गरेका थिए । अग्रजलाई सम्मान हाम्रो अभियान शृङ्खला अन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा नौ जना वरिष्ठ अग्रज साहित्यकारलाई मुक्तक वाचनको अवसर दिएको थियो ।
पुस्तकको लोकार्पण पश्चात प्रमुख अतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यहरूको बारेमा धन्यवाद दिएका थिए।उनले हामी र हाम्रो कृति समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्ने र प्रतिभाहरूको उजागर गर्ने सराहनीय कार्य गरेको भन्दै हामी र हाम्रो कृति समाजको प्रशंसा गरेका थिए । सुभद्रा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत राख्नुभएको थियो भने हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा अग्रज श्रष्टाहरूले दुई चरण गरेर आफ्ना १२-१२ वटा मुक्तक वाचन गरेका थिए। हामी र हाम्रो कृति समाजले साधारण सदस्यहरूबाट सदस्यता शुल्क बापत उठाएको रकमले कार्यक्रम गर्न सम्भव भएको र सम्पूर्ण स्रष्टालाई हार्दिक धन्यवाद संगै संस्थाका अध्यक्ष मदन नेपालले कार्यक्रम समापन गर्नुभएको थियो । विभिन्न संस्थाका अध्यक्ष गीतकार,मुक्तकार, गजलकार सहित करिब १५० जनाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन हामी र हाम्रा कृति समाजका सदस्य नवराज नवशिलाले गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर