
धनगढीः सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ।सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ।

सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी धेरै देखिएको हो। सुदूरपश्चिमका ग्रामीण क्षेत्रको गरिबी ३० दशमलव ८६ प्रतिशत रहेको छ। प्रदेश सरकारले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार गरिबीको दर उल्लेख गरेको हो। प्रदेशको औसतमा गरिबी ३४ दशमलव १६ प्रतिशत रहेको छ। नेपालका सात वटा प्रदेशमा सबै भन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा छ।
सुदूरपश्चिम प्रदेश भन्दा कर्णाली प्रदेशको गरिबी कम छ। कर्णाली प्रदेशको गरिबी २६ दशमलव ६९ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशको २४ दशमलव ३५ प्रतिशत, गण्डकी प्रदेशको ११ दशमलव ८८ प्रतिशत, बागमती प्रदेशको १२ दशमलव ५९ प्रतिशत, मधेश प्रदेशको २२ दशमलव ५३ प्रतिशत र कोशी प्रदेशको १७ दशमलव १९ प्रतिशत गरिबी रहेको छ।नेपालको कुल गरिबी २० दशमलव २७ प्रतिशत रहेको छ।दिनेशखबरबाट…

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर