
धनगढीः धनगढीमा सिप मेला सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा सिप तथा रोजगार मेला सुरु भएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका छन। सुदूरपश्चिमका ३९ स्थानीय तहबाट एक हजार ४० जना युवा सिप सिक्न धनगढी आएका छन्। उद्योग मन्त्री भण्डारीले सिप सिकेकाहरूलाई रोजगारीमा जोड्न आवश्यक रहेको बताए। उनले भने, ‘सिप, रोजगारी आएपछि बेरोजगार र मुलुकमा नै केही गर्नेहरुको आकर्षण हुन्छ। मेलाबाट सिप प्राप्त गरेकाहरूको जोखि कोले गरेको छ रु उनीहरूको अवस्थाको बारेमा गम्भीर को छ, अनिर्वाय छ। दक्ष जनशक्ति उत्पादनका लागि समय अवधि कस्तो हो रु’
नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम सुरु भएको हो। धनगढीमा एक महिनासम्म तालिम सञ्चालन हुने छ। अन्तिममा रोजगार दाताहरूलाई बोलाएर उनीहरूको बिचमा समेत अन्तरसंवाद हुने छ। बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकामा कार्यक्रम छ। तर, हामी बाहिर बसेका छौ। धेरै जिल्लामा तालिम चाहिएको छ। स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले तालिम दिने गरेको छ। सबैलाई जोडेर तालिम गर्न आवश्यक छ। पहाडी जिल्लाहरूमा पनि तालिम दिन आवश्यक छ।’
धनगढीमा ४० दिनसम्म सञ्चालन हुने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएका थिए। तर, ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने छ। स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको हो।
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले तीन तहका सरकारहरूको बिचमा सहकार्य आवश्यक रहेको बताए। धनगढी उपमहानगरपालिकाकी नगर प्रमुख कन्दकला रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व मन्त्रीहरू प्रकाश देउवा र रमेश धामी तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले नेपालबाट ठुलो सङ्ख्यामा युवाहरू विदेश जान थालेकाले उनीहरूलाई नेपालमा नै रोक्न आवश्यक रहेको बताएका छन। तीन तहका सरकारहरूको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ। ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर