
खप्तड मालिका न्युज,बाजुरा: पछिल्लाे समय बाजुराका स्थानीयले अन्नबाली भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। जिल्लाका ९ वटै स्थानीय तहका स्थानीयले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आईरहेका छन्।जिल्लाकाे गाैमुल गाउँपालिका वडा नम्बर ४, विजयढुङ्गगाकी पारू रोकायाले पछिल्लो समय सुन्तला खेतीबाट राम्रो कमाई गर्दै आउनु भएको छ । गाउँमै सुन्तला खेतीबाट राेकायाले राम्रो आम्दानी गर्दै आउनु भएको हाे। अन्य अन्नबालीभन्दा सुन्तला खेतीबाट राम्रो कमाइ हुँदै आएको राेकायाले बताएकी छन्।

सुन्तला खेती गर्न सुरु गरेपछि राम्रो कमाइ हुन थालेकाे राेकायाकाे भनाइ छ । उहाँले भन्नुभयाे,“पहिलेकाे अन्नबाली लगाउने जमिनमा अहिले सुन्तला खेति गरिरहेकी छु,पहिलेकाे अन्नबाली खेती भन्दा अहिले सुन्तला खेतीबाट राम्रो कमाई भएको छ ।”पहिले अन्नबाली खेतीबाट पेट पाल्न सकस हुन्थ्याे अहिले सुन्तला खेतीबाट राम्रो आम्दानी हुने गरेकाे उहाँले बताउनुभयाे।
पहिले अन्नबालीबाट घर परिवार पाल्न सकस हुने ठाउँमा अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुईरचार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पाल्न सकिएकाे राेकायाले बताउनुभयाे। गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उहाँले त्यो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । सुन्तला खेती बाट राम्रो आम्दानी हुन थालेपछि थप सुन्तला खेतीलाई विस्तार गर्ने राेकायाकाे साेच रहेकाे छ । गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट राेकायाले लगाउनुभएको थियो ।
बारीमा लगाएका सबै सुन्तला अहिले लटरम्म फल्ने गरेका छन् । अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । अन्नबाली राम्रो उत्पादन नहुने भए पछि आफुले अन्नबाली लगाउने जमिनमा सुन्तला खेती सुरु गरेकाे उनकाे भनाइ छ । उहाँको घर-परिवार अहिले सुन्तला बिक्रीमा ब्यस्त छन्। सुन्तला खेतीबाटै उहाँले छोराछोरीलाई समेत राम्रो शिक्षा दिँदै आउनुभएको छ ।
अन्नबाली लगाईने जमिनमा पहिलाे पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाइ हुन थालेपछि उहाँले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी गर्नुभएको छ । पछिल्लाे समय गाैमुल गाउँपालिकाकाे अर्गानिक सुन्तला देशका ठुला सहर काठमाडौ,नेपालगञ्ज,धनगढी सम्म निर्यात हुने गरेकाे छ ।जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले सुन्तला ढुवानी अनुदानकाे ब्यबस्था मिलाएकाे हुदा पछिल्लाे समय बाजुराका ९ वटै स्थानीय तहमा उत्पादित अर्गानिक सुन्तला बाहिर निर्यात हुने गरेकाे छ ।
पछिल्लाे समय बाजुराकाे हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायतका पालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यसरी उत्पादित सुन्तलालाई ज्ञान केन्द्र बाजुराकाे ढुवानी अनुदानमा देशका विभिन्न शहरमा पठाईने गरिएकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर