
धनगढीः कैलालीस्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो।

एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन। धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको एक करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो।
फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ। ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार नौ सय ९१ रुपैयाँ भुक्तानी दिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर