
बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले नागरिकमैत्री “बसिबियाँलो ” पुस्तकालय स्थापना गरेको छ । पहिलो पटक जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालय परिसर भित्रै नागरिकमैत्री “बसिबियाँलो ” नामक पुस्तकालय स्थापना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा आउने सेवाग्रहीहरुका लागी पुस्तक किन्न नसक्ने, सहजै नपाउनेहरू पनि पढ्ने अवसरबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कार्यालय परिसर भित्रै पुस्तकालयको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।
उहाँका अनुसार यसले आफ्नो रुचि अनुसारको पुस्तक पढ्ने र छलफल गर्ने अवसर जुटाइदिने,विभिन्न किसिमका ज्ञानबद्धनका पुस्तकहरु पढ्न पाईने गरि सो नागरिकमैत्री पुस्तकालयको स्थापना गरिएको बताउनुभयो । जिल्लाका ९ वटै स्थानिय पालिका तथा उद्योगव्यवसायीहरुको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय बाजुराको श्रमदानमा बसिबियाँलो पुस्तकालय घर निर्माण गरिएको प्रहरी प्रमुख गिरीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुरामा बसिबियाँलो पुस्तकालय घर निर्माण भएपछी,पुस्तकहरुको ब्यबस्थापन गरिएको प्रहरी नायव उपरिक्षक गिरिले बताउनुभयो ।
सुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुराले एकऔपचारिक कार्यक्रमको आयोजना गरि यहाँका पालिका लगायत केही गैरसरकारी कार्यालयले पुस्तक प्रदान गरेको प्रमुख गिरीले बताएका छन् । उहाँले भन्नुभयो,अहिले पुस्तकालयमा ५ सय बढि पुस्तकहरु राखिएको बताउनुभयो । पुस्तकहरु पुस्तकालयमा राख्ने गरि सबै सम्वद्ध निकायहरु संग सहयोगको माग गरेको उनले बताए ।
प्रहरीले स्थापना गरेको पुस्तकालयमा चिया ,कफी, मनोरञ्जनका लागि टेलिभिजन लगायतका दृश्यहरु राखिने गिरीले बताएका छन् । अनावश्यक रुपमा नागरिकहरु हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने गरी पुस्तकालय व्यवस्थापन गर्न लागिएको प्रहरी उपरिक्षक गिरीले बताए ।
बाजुरामा पहिलो पटक जिल्ला प्रहरी कार्यालय बाजुराले बसिबियाँलो नागरिकमैत्री घर सहित पुस्तकालय स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप कुमार गिरीको अध्यक्षतामा संचालन भएको पुस्तक हस्तान्त्रण कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
त्यस्तै त्रिवेणी नगरपालिकाका नगर-प्रमुख कर्णबहादुर थापा,खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत,बडीमालिका नगरपालिकाका,प्रमुखप्रशासकिय अधिकृत पदमबहादुर माझी, ससत्र प्रहरी प्रमुख श्याम रावत लगायतको सहभागिता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर