
बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुरामा नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को स्थापना गरिएको छ ।जिल्लाका नागरिकले दैनिक रुपमा पुस्तकालयमा आएर अध्ययन गर्ने गरी नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिलिप कुमार गिरीले बताएका छन् । जिल्ला भित्रका सम्पुर्ण नागरिकहरुले फुर्सदको समयमा आफुले चाहेको पुस्तक पढ्न पाउने गरि जिल्ला प्रहरी कार्यालयको प्रहरी श्रमदान,विभिन्न पालिकाको सहयोगमा नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को स्थापना गरिएको गिरीले बताए ।

उहाँले भन्नुभयो,“विभिन्न लेखकका पुस्तक राख्ने गरी प्रहरीकै श्रमदान,पुस्तकको लागी जिल्लाका ९ वटै पालिका र भवन निमार्णको लागी बडीमालिका नगरपालिका,हिमाली गाउँपालिका,त्रिबेणी नगरपालिका,उद्योग बाणिज्य संघ,र व्यबसायिहरुको रहेको छ ”।निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन लगायतका दृश्यहरु समेत राखिने भएका छन् । फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक लिएर पढ्ने व्यवस्थाका साथ पुस्तकालय स्थापना गरिएको बताइएको छ।
पुस्तकालयको भवन निर्माणपछि पुस्तकहरुको व्यवस्थापन गरेर सबैले सहज रुपमा पुस्तकको पढ्न अवसर पाउने भएका हुन् । प्रहरी कार्यालय परिसरमै पुस्तकालय संचालनमा आएपछि फुर्सदमा भएका हरेक नागरिकले पुस्तकालयमा गएर अध्ययन गर्न पाउने छन् ।फुर्सदमा भएका हरेक नागरिकले केही ज्ञान प्राप्त गर्न र केही कुरा सिक्नको लागी पुस्तकालयमा आएर किताव पढ्न सकिने प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालयमा स्थपना गरिएको पुस्तकालयमा पाठ्यपुस्तक सहयोग गर्न सबैलाई प्रहरी कार्यालय बाजुराले आग्रह समेत गरेको छ ।
कार्यालय हाताभित्र निमार्ण भएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”को लागी पुस्तक हस्तान्तरण कार्यक्रम भोली बिहान ९ बजे राखिएको हुँदा उक्त कार्यक्रममा विभिन्न लेखकका पुस्तक सहयोगका लागि आग्रह गरिएको (डिएसपी)गिरीले बताउनु भएको छ ।प्रहरी प्रमुख गिरी जिल्ला प्रहरी कार्यालय बाजुरामा आए संगै यहाँको निति,नियम,कार्यालयको कामकाज लगायत बिभिन्न क्षेत्रमा बलियो सुधार हुँदै आएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर