• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  जिल्ला अस्पताल बाजुरा

सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, ६ महिनामै १०१ जनाको मृत्यु

खप्तड मालिका न्युज January 28, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिममा सवारी दुर्घटना भयावह हुँदै गइरहेको छ।गत शनिवार मात्रै बैतडीको सिगास गाउँपालिका–१ मा भएको जिप दुर्घटनामा घाइते भएका ६ जना मध्ये १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास–१ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो।

जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा ४० वर्षीया तुलसी धामी, १८ वर्षीया कमला धामी १४ वर्षीया धौली धामी र १६ वर्षीया निरा धामी घाइते भएका थिए।मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीकै विनोद महराको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ का २१ वर्षीय महराको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा आइतवार साँझ मृत्यु भएको हो। महराले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २२३६ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर शुक्रवार धनगढी उपमहानगरपालिका‑१३ राजपुर चोकमा दुर्घटना भएको थियो।

मोटरसाइकलको पछाडी सवार बैतडीको दशरथचन्द नगरपालिका ७ का २० वर्षीय केशव शर्मा सोही दुर्घटनामा घाइते भएका छन्। शर्माको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।यस्तै, पुस १८ गते बिहिवार बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा तलकोट गाउँपालिका–२ मा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थल र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भयो।

यी तीनवटा घटना केवल प्रतिनिधि उदाहरण मात्र हुन्। चालु आर्थिक वर्षको ६ महिनामै यसरी सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउनेको सङ्ख्या सुदूरपश्चिममा एक सय १ पुगेको छ।सो अवधिसम्म २६२ सवारी दुर्घटनामा परेर एक सय १ जनाले अकालमै ज्यान गुमाउन पुगेका हुन्। यसरी दुर्घटनामा परेर ४३६ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार ४ सय ७८ सवारी साधन कारबाहीमा परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।गत आर्थिक वर्ष २०८०-०८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ। सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको छ।

यस्तै आर्थिक वर्ष २०७९-०८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो। सो आर्थिक वर्षमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए।सवारी दुर्घटनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेकोमा चालु आर्थिक वर्षको ६ महिनामै एक सय बढीले दुर्घटनाबाट अकालमै ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन।

सिकारु चालक, साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स विना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ। पहाडी जिल्लामा साँघुरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाई छ।

सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापर्बाही रहेको जनाइएको छ।दुर्घटना न्यूनीकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने प्रदेश ट्राफिक प्रहरीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले स्टिकर टास्नेदेखि विभिन्न सचेतनामूलक कार्यक्रमसमेत गर्दै आएको छ।

दसैँ–तिहार जस्ता चाडपर्वका बेला पहाडी रुटमा आउजाउ बढेका बखत हुने यात्रुहरूको चाप नियन्त्रण, सवारी साधनको चेकजाँच, सवारीको गति नियन्त्रण, एउटै चालकले लामो दूरीसम्म गाडी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन भइ हुने गरेका दुर्घटना रोकथामका लागि अझै प्रभावकारी ढंगले काम हुन नसकेको जनगुनासो छ।दिनेशखबरबाट 

 

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑