
खप्तड मालिका न्युज,माघ १४, बाजुराः जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ७ मा रहेको कैलाशमाण्डौँ स्वास्थ्य चौकीमा एचपीभी खोप अभियानका लागि वडा स्तरीय खोप समन्वय समिति र स्वयंसेवकहरूलाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।आज एक कार्यक्रमका बिच त्रिवेणी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जुद्ध बहादुर अयडीको अध्यक्षतामा सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको पत्रकार खेमराज विकले बताएका छन् ।

एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी प्रमुख प्रकाशविक्रम शाहीले कार्यक्रमका उद्देश्य, खोप अभियानको लक्ष्य, उपलब्धि, र यस अभियानले किशोरीहरूको स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे प्रष्ट पार्नुभएको थियो । एचपीभी खोप सम्बन्धि जनचेृतामुलक सन्देश,खोपको फाइदा,खोप लगाउनुको उदेश्य लगायतका कुराहरुमा स्वास्थ्य चौकी प्रमुख शाहीले जानकारी गराएका थिए ।
पहिलो दिन नाटेश्वरी आधारभूत विद्यालय, दोस्रो दिन कैलाशश्वरी मावि, र तेस्रो दिन कैलाशमाण्डौँ स्वास्थ्य चौकीमा कक्षा ६ भन्दा माथिका १० देखि १४ वर्ष उमेर समूहका छात्राहरूलाई खोप प्रदान गरिनेछ।त्रिवेणी नगरपालिकाको आर्थिक सहयोगमा वडा न ७ मा १०५ भन्दा बढी किशोरीहरूलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको छ। यस अभियानले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी नगर कार्यपालिका सदस्य बेलु देवी शाही थिइन् भने विशेष अतिथिको रूपमा वडा सदस्य गोपाल चदारा र औंला मिजार उपस्थित रहेका थिए। कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी रोकाया अयडी, बाल क्लबका अध्यक्ष प्रविण बहादुर शाही, कैलाशश्वरी माविकी शिक्षिका सरिता देवी अयडी, स्वास्थ्य चौकीका कर्मचारी तथा स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका लागि स्वागत मन्तव्य कैलाशमाण्डौँ स्वास्थ्य चौकीकी अनमी रूपा चौधरीले प्रस्तुत राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ल्याब असिस्टेन्ट पुष्पा साउदले गर्नुभएको थियो।
क्यान्सर बिरुद्धको एपपिभी खोप अभियान देशैभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुँदै छ । यो खोप अभियान जिल्लाका ९ वटै स्थानीय तहका करिब ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई क्यान्सर रोग बिरुद्धको एचपिभी खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।जिल्लाका नौ वटै स्थानिय तहका कक्षा ६ देखि १० सम्मका किशोरी र स्कुल नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई क्यान्सर बिरुद्धको एचपिभी खोप लगाईने भएको हो।जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिने भएका छन् ।
यो खोप सबैभन्दा बढि त्रिबेणि नगरपालिकाका १२११ किशोरीहरुलाई लगाईने भएको छ भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा ४७३ किशोरीहरुलाई लगाईने भएको छ। त्यस्तै खप्तड छेडेदहमा ११३३ बडिमालिकामा ९९७ गौमुलमा ५४१ बुढिगङ्गामा ११९७ बुढिनन्दामा १०३३ स्वामिकार्तिकमा ७५० र हिमाली गाउँपालिकामा ५६१ जना किशोरीहरुलाई खोप लगाईने भएको हो ।हिमाली गाउँपालिकामा भने २७ र २८ गते खोप दिईने भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर