• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिमबाट बीमा कम्पनीहरुले उठाए ३ अर्ब १६ करोड

खप्तड मालिका न्युज January 6, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वीरेन्द्र भट्ट,धनगढीः सुदूरपश्चिम प्रदेशबाट बीमा कम्पनीहरुले झण्डै ९६ करोड रुपैयाँ संकलन गरेका छन्। यो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म प्रथम बीमा शुल्कअन्तर्गत संकलन गरिएको रकम हो।

संघीय राजधानी काठमाण्डौंमा कर्पोरेट कार्यालय रहेका बीमा कम्पनीहरुले सुदूरपश्चिमबाट ६० हजारको संख्यामा बीमाा लेख जारी गरेर सो रकम संकलन गरेका हुन्। पछिल्लो समय सुदूरपश्चिममा बीमा गराउनेको संख्या बढ्न थालेको छ। प्रदेशभित्र जीवन बीमा गराउनेको संख्या १३ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हृदयश्वर पण्डितले बताए।

गत आर्थिक वर्षको पहिलो ५ महिनामा कुल ५९ हजार ७ सय ३७ वटा बीमा लेख जारी भएर बीमा कम्पनीहरुले ७४ करोड ५६ लाख प्रथम बीमा शुल्कवाफत संकलन गर्न सफल भएका थिए। चालु आर्थिक वर्षको पाँच महिनामा बीमा गराउनेको संख्यामा साढे १ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सुदूरपश्चिम प्रदेशबाट प्रथम बीमा शुल्कवाफत विभिन्न बीमा कम्पनीहरुले ९५ करोड ८२ लाख रुपैयाँ संकलन गरेका छन्।

सुदूरपश्चिममा बीमाको कारोबार थोरै भए पनि बढ्दो क्रममा रहेको पण्डितले बताए। बीमा कम्पनीहरुले सुदूरपश्चिमबाट पाँच महिनाको अवधिमा बीमा नवीकरणवाफत तीन अर्ब १६ करोड रुपैयाँ संकलन गरेका छन्। सो अवधिमा ५ हजार ६८८ बीमित तथा बीमितले इच्छाएको व्यक्तिलाई दाबी भुक्तानी गरिएको छ। ८२ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ।

साथै तीन हजार ६६१ बीमित तथा बीमितले इच्छाएको व्यक्तिलाई भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको छ। ती बीमितलाई १८ करोड ८५ लाख दाबी भुक्तानी गरिन लागेको हो। संभावित जोखिमबाट बच्च बीमा गर्ने गरिएको छ। तर अहिले पनि अधिकांश नागरिक बीमाको पहुचबाहिर रहेको पण्डितले बताए। सुदूरपश्चिममा एक लाख २५ हजार बीमितले आफ्नो बीमा नवीकरण गरेका छैनन्। ती बीमितहरुले २ अर्ब ९४ करोड मूल्यको बीमा पोलिसी नवीकरण नगरेको पाइएको छ।

सुदूरपश्चिममा निर्जीवन बीमातर्फ चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६० हजार ५ सय ८९ पोलिसी जारी गरिएको छ। निर्जीवन बीमा गरेकाहरुमध्ये सो अवधिमा एक हजार ४ सय ७५ जनाले भुक्तानीका लागि दाबी पेस गरेका छन्। तीमध्ये एक हजार १५४ बीमितको २१ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिएको छ। २ हजार पाँच सय ६५ पोलिसी भुक्तानीको प्रक्रियामा छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑