• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बडिमालिका नगरपालिका

रजाताेलीमा स्थानीय पर्व (भुवाे)भब्यताका साथ मनाईदै

खप्तड मालिका न्युज December 29, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा:   जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ रजातोलीमा भुवा पर्व भब्यताका साथ मनाईने भएको छ । भुवा पर्व हामी सबैको गर्व भन्ने मुल नाराका साथ यो बर्ष यहि पौष १४ गतेदेखि १७ गतेसम्म भब्यताका साथ संञ्चालन गरिने भुवा पर्व मेला ब्यबस्थापन समितिले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ बिषेश गरी बाजुरा जिल्लाको बडिमालिका ७ रजातोलीमा भब्यताका साथ मनाइने गरीन्छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् ।जिल्लाको बडिमालिका नगरपालिका ७ रजातोलीमा सदा बर्ष यो पर्वलाई धुमधामका साथ मनाइदै आएको छ ।

भुर्वा पर्वको लागी आबश्यक पर्ने सम्पुर्ण सामाग्री लगायत भुवा पर्वमा देउडा खेलाडीहरुको पनि टुंगो लागीसकेको भुवा पर्व ब्यबस्थापन समितिका संयोजक उमाकान्त उपाध्यायल जानकारी दिनुभएको छ ।उनका अनुसार भुवा पर्वमा कैलालीकाे लम्किचुहा नगरपालिका ४ घर भएकी नम्रता जाेशि र हुम्लाकाे ताजाकाेट गाउँपालिका घर भएका देउडा खेलाडी अक्क बहादुर कार्कि बिच घम्साघम्सि देउडा खेल हुने बताएका छन् ।

परम्परागत काल देखि मनाइदै आएको यो पर्वलाई यो बर्ष पनि भब्यताका साथ सम्पन्न गर्ने तयारी अगाडी बढीरहेको उहाँले बताए ।भुवा पर्व यहि मिति २०८१ पौष १४ गते बाट सुरु भई पौष १७ गते समापन गरीने आयोजक भुवा पर्व ब्यबस्थापन समितिले जनाएको छ । भुवा पर्वलाई थप ब्यबस्थित बनाउन स्वयमसवक परिचालन गरी भुर्वा पर्व अबधिभर मदिरा बिक्री बितरण सेवनमा रोक समेत लगाइएको आयोजकले जनाएको छ । यदि कोहि कसैले भुवा पर्व अबधिभर जाँड,रक्सि खएर होहल्ला गरी,भुवा पर्व बिथोल्न खोज्ने जो सुकैलाई पनि कडा भन्दा कडा कार्बाही गरीने आयोजकले बताएको छ ।

भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको छ ।महाभारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । यो पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ रहेको र यसको सुरुदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको गाँउका स्थानियले बताउने गरेका छन ।

पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाइ खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले रङ पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ । मुडा बालेको रातभर देउडा खेली भोली बिहान भारी खेलहरु खेल्ने प्रचलन रहेको छ ।

आयोजक भुवा पर्व ब्यबस्थापन समितिले यो बर्षको भुवो पर्वलाई थप धुमधाम बनाउन बिभिन्न ठाँउबाट पत्राचार समेत गरीसकेको छ । भुर्वा पर्वलाई थप ब्यबस्थित,मर्यादित र भब्यताका साथ सु- सम्पन्न गर्न वडाबासि सम्पुर्णकाे उपस्थितकाे लागी आग्रह गरिएको छ ।

 

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑