गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बडीमालिकाको पहिचान जगाउने खेलाडी उत्पादन गर्न आबश्यक रहेको बताएकी छिन् । बडीमालिका नगरपालिका वडा नम्बर ३ रजालीमा रहेको चोयाकोट माविमा सञ्चालन भएको पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड उद्धघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
आजको युगमा खेल क्षेत्र निकै नै आबश्यक रहेको बताउँदै बडीमालिकालाई खेल क्षेत्रमा समृद्ध बनाउन राम्रा पहिचान भएका खेलाडीहरुको उत्पादन गर्न आबश्यक रहेको कुरामा उपप्रमुख थापाले जोड दिएकी हुन् । पुनम र सरिता नाथको खेल प्रतिको सम्मान गर्दै उनको त्यो खेलप्रतिको चासोले अहिले बडीमालिकालाई हौसला जोगाइदिएको बताउँदै पुनम र सरिता जस्तै अन्य हौसला जगाउने खेलाडीहरुको उत्पादन गर्न आबश्यक रहेको उनले बताएकी हुन् । पुनम र सरिता जस्तै सम्पती बडीमालिकाले उत्पादन गर्न पाउनु अहोभाग्यकोे कुरा भएको बताउँदै थापाले अझै बडीमालिकामा सरिता र पुनमहरु जस्तै ब्यक्ति उत्पादन गर्नु पर्नेमा जोड दिएकी हुन् ।बडीमालिकालाई खेल क्षेत्रमा समृद्ध बनाउनको निमित्त राम्रा प्रतिभावान् खेलाडीहरुको उत्पादन गर्न आबश्यक रहेको उनले बताएकी हुन् । खेल क्षेत्रबाटै मानिसले ठुलो पहिचान बनाउन सक्ने हुँदा बडीमालिकाको पनि पहिचान राख्न सक्ने राम्रा खेलाडीहरु उत्पादन गर्न सबैले खेल क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने थापाले बताएकी हुन् ।
खेल क्षेत्रले मानिसको स्वास्थ्यमा मात्रै नभई राष्ट्रिय स्तरदेखि अन्तराष्ट्रिय स्तरसम्म ब्यक्तित्व पहिचान र आर्थिक समृद्धिमा ठुलो सहयोग पुर्याउने गरेको बताउँदै बडीमालिकामा पनि राम्रो पहिचान बनाउने खेलाडी उत्पादन गर्न आबश्यक रहेको बताएकी हुन् । बताएकी हुन् । खेलकुद क्षेत्रले सबैभन्दा पहिला मानिसलाई आत्मबिश्वासी बनाउन सिकाउने बताएका बताउँदै खेलकुद क्षेत्रले मानिसहरुमा आत्मबिश्वास र आत्मबलको भावना पैदा गराउने समेत उनले बताईन् । खेल क्षेत्रले दिने आत्मबिश्वासले मानिसहरुलाई अन्य क्षेत्रमा पनि सधै सफल र अब्बल बनाउन समेत सहयोग गर्ने बताएकी हुन् । मानिसहरुलाई शारिरीक तथा संबेगात्मक रुपमा तन्दुरुस्त राख्न पनि यो खेल क्षेत्र निकै आबश्यक रहेको र यस क्षेत्रले खेलाडीहरुको पहिचान उचाइमा राख्न सहयोग गर्ने बताएकी हुन् । समग्र खेल क्षेत्रले मानिसको पहिचान स्तानिय स्तर हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्ममा पुग्न निकै सहयोग गर्ने उनले बताईन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख थापाले स्थानीय लोक संस्कृतिको झलक,स्थानीय उत्पादन,कृषिजन्य उपज,फलफुल र तरकारीका मालाले रजाली बासीहरुले स्वागत गरेको प्रति धन्यबाद समेत ब्यक्त गरेकी थिइन् । नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डमा रजालीबासीहरुले आफ्नै बारीमा उत्पादन गरेको अर्गानिक तरकारी र फलफुलका मालाहरुले स्वागत गरेको प्रति आफु निकै गौरवान्वित भएको समेत उनले बताईन् । अतिथिहरुलाई कृषिबालीका मालाहरुले स्वागत सम्मान गरेको प्रति रजालीबासीलाई नगर उपप्रमुख थापाले सिंगो बडीमालिका नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभएको थियो । साथै स्थानीय बालीहरुमा जोड दिन समेत उहाँले सम्पुर्ण रजाली बासी लगायत अन्य ८ वटै वडाका कृषकहरुलाई आग्रह गरेकी थिइन् । त्यस्तै कार्यक्रममा खेल क्षेत्रबाट ब्यक्तिले आफ्नो उज्जवल भविष्यको निमार्ण गर्ने हुँदा खेल क्षेत्र अहिलेको समयमा अति नै आवश्यक रहेको र नगर भित्रको खेल क्षेत्रको विकास गर्न आफु लगायत सिंगो पालिका लागीरहने समेत उनले बताईन् ।
आजका बालबालीका भोलीका देशका कर्णदार भएको बताउँदै आजका बालबालीकाहरुलाई अहिले देखिनै खेल क्षेत्रमा थप मजबुत बनाइएर अगाडी बढार लैजाने हो भने उनिहरुले राम्रो भबिष्य निमार्ण गर्न सक्ने समेत उनले बताइन् । अहिले देशमा खेल क्षेत्रले निकै फड्को मारिरहेको कुरा बताउदै नगर भित्रको खेल क्षेत्रको विकासमा नगरपालिका ऐक्यबद्धताका साथ लागी रहेको उनले प्रस्ट पारिन् । नगरको खेल क्षेत्रको बिकाशको लागी आफुले सक्दो प्रयास गरीरहेको बताउँदै नगरको मात्रै नभई सिंगो जिल्लाकै खेल क्षेत्रको बिकाशको लागी सधै कटिबद्ध रहेर लाग्ने समेत उनले बताइन् । खेल क्षेत्रको बिकाशका कठिनाई तथा चुनौतीहरु लाई आत्मसात गरेर नगरको खेल क्षेत्रको विकासमा आफुहरु लागेको उनले बताएकी हुन् । उपप्रमुख थापाले खेलक्षेत्र नै आजको युगको शान, मान र पहिचान भएकोले खेलाडी उत्पादनको संकल्प लिएर राम्रा खेलाडी उत्पादन गर्नमा सहयोग गर्न सम्पुर्ण विद्यालयलाई आग्रह गरेकी थिइन् ।नगरभित्र प्रतिभावान खेलाडीहरु उत्पादन गर्न नगर सरकार संगै अन्य ब्यक्तिहरुले पनि आआफ्नो तहतप्काबाट सहयोग गर्नुपर्ने उनले बताएकी थिइन् । पालिका भित्रै राम्रो खेलाडी उत्पादन गर्न सकेको खण्डमा थप हौसला प्राप्त गर्न सकिनुका साथै नगर प्रतिको हेर्ने अरुको दृष्टिकोण पनि सकारात्मक हुने उनको बुझाई थियो ।
पालिकाका ९ वटै वडामा प्रतिभावान् खेलाडीहरुको उदय गराउन सकियो भने खेलाडीहरुको पहिचान संगै नगरलाई खेल क्षेत्रमा समृद्ध बनाउन ठुलो सहयोग मिल्ने थापाको भनाई थियो ।प्रत्येक घरघरमा बालबालीका रहेको बताउँदै ति बालबालीकाहरुलाई राम्रो पहिचान देखाउन सक्ने बालबालीका बनाउन परिवार संगै अन्य ब्यक्तिहरु लाग्नुपर्ने उनले बताएकी हुन् । राम्रो पहिचान देखाउने खेलाडी भएको खण्डमा हौसला प्रदान हुने हुँदा नगरभित्र राम्रो पहिचान भएका खेलाडीहरुको उत्पादन गर्न निकै नै आबश्यक रहेको उनले बताएकी हुन् । बालबालीकालाई भोलीको राष्ट्रको गहना बनाउन उनका अभिभावकहरुले सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने समेत उनले बताइन् । खेल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रहरुमा पनि आफ्ना बालबालीकाहरुलाई राम्रो पहिचान देखाउन सक्ने बनानको लागी सानै बाट बालबालीकालाई राम्रो ज्ञान दिन आबश्यक रहेको उनले बताईन् । पछिल्लो समय खेल क्षेत्रबाटै कयौ ब्यक्तिले आफ्नो पहिचान सगरमाथा जस्तै उचाईमा राख्न सफल भएकाले आफ्ना बालबालीकाहरुलाई खेल प्रति आर्कषित गर्न अभिभावकहरुले सक्दो सहयोग गर्नुपर्ने थापाले जोड दिईन् । बालबालीकाको भोली भविष्य बनाउने कुरा अभिभवकको हातमा हुने हुँदा अभिभावकहरुले आफ्ना बालबालीकाको लागी समयमै सोच्नुपर्ने उनले बताएकी हुन् ।
नगरभित्रै राम्रो खेलाडीहरुको उत्पादन गर्न सके थप नगर प्रति हौसला प्राप्त गर्न सकिने कुरामा उपप्रमुख थापाले जोड दिएकी थिईन् । आर्थिक रुपले गरिब राष्ट्रहरुले पनि खेल क्षेत्रमार्फत आफुलाई विश्वभर चिनाईरहेको भन्दै समृद्ध बडीमालिकालाई पनि खेलकुदका माध्यमबाट बिश्वसामु चिनाउन नगरभित्रका हरेक तहतप्का जिम्बेवारी मान्छेहरुले पहिला आफु जिम्बेवारी रहनुपर्ने बताउँदै प्रचुर सम्भावना बोकेको पावन भुमि बडीमालिकामा धेरै प्रतिभा लुकेका बालबालीकाहरुको जमात रहेको हुँदा ,ति सबै बालबालीकाहरुकोे पहिचान गरी स्थानयि तहबाटै हुदै राष्ट्रसम्म पुर्याउन सकियो भने नगरको मात्रै नभई सिंगो जिल्लाकै खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बिश्वास आफुले लिएको उनले बताएकी हुन ।आफु नगर उपप्रमुख भएको हैसियले आफुले नगरकोे खेल क्षेत्रको बिकाशमा अन्यको तुलनामा बढी भन्दा बढी चासो राखेको समेत उनले बताइन् । नगरलाई खेलकुद,सामाजिक आर्थिक रुपमा समृद्ध बनाउनका लागि सबै क्षेत्रको विकास हुनुपर्ने बताउदै उनले नगरको खेलक्षेत्रको विकासमा नगरभित्रका सम्बन्धीत सरोकारवाला निकाय,जानकार ब्यक्तित्बहरु,सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु अग्रसर हुनुपर्ने उनको धारणा रहेको थियो ।
खेल क्षेत्रमा लाग्ने खेलाडीहरुले सबैभन्दा पहिला सहनशिल,कर्तब्यनिष्ठ,तथा इमान्दारी हुनुपर्ने समेत उनले बताएकी थिइन् । खेलाडीहरुमा सहनशिल तथा इमान्दारी नभए त्यसले राम्रो स्थान ल्याउन नसक्ने भन्दै सबैभन्दा पहिले खेलाडीहरुमा इमान्दारीता तथा सहशिलताको भावना हुनुपर्ने उनको भनाई थियो । बिश्वमा कतिपय खेलाडीहरुले आफ्नो सहनशिलता तथा इमान्दारीताको पालना गर्न नसक्दा जिवनभरको खेल क्षेत्रबाटै सन्यास लिनु पर्ने घटनाहरु ब्याप्त रहेको भन्दै सबैभन्दा पहिला खेलाडीमा इमान्दारीताको भावना धेरै भन्दा धेरै हुनुपर्ने उनले बताएकी थिइन् । खेलकुद क्षेत्रले दिने आत्मबिश्वास तथा आत्मबलले मानिसहरुलाई निडर बनाउने,खेल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा यसले सधै सफल बनाउने कुरामा उनले जोड दिएकी थिइन् । नगरको खेल क्षेत्रको विकासमा नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरेर खेलकुद सम्बन्धी बिभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको समेत उनले बताएकी छन् ।
नगरकोे खेल क्षेत्रको थप सुधार गर्नको निमित्त सबैले हातेमालो गरेर अगाडी बढ्न जररुरी रहेको समेत उनले बताइन् । एक जनाले मात्रै केहि गर्न नसक्ने हुँदा सबैले हातेमालो गरेर ऐक्यबद्धताका साथ अगाडी बढियो भने नगरको खेल क्षेत्रको विकामा सहजता मिल्ने उनको भनाई थियो । नगरभित्रै पहिचान देखाउने खेलाडी उत्पादन गरी राष्ट्रिय स्तर हुँदै अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सकिएको खण्डमा नगरको मात्रै नभई सिंगो बाजुराको पहिचान रहने उनको भनाई थियो । खेल क्षेत्र नै आजको युगको सान,मान र पहिचान भएकोले यसको पर्बद्धनमा सबैले लाग्नुपर्ने उनले बताएकी थिइन् । साथै नगरभित्र राम्रा खेलाडी उत्पादन गरी नगरको खेल क्षेत्रलाई बलियो बनाउन सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनको भनाई रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर