
कार्तिक २८,बाजुराः जिल्लाको गौमुल गाउँपालिकामा पनि हुलाक कार्यालय स्थापना गरिएको छ । बुधबार गौमुल गाउँपालिका सिमधारामा हुलाक कार्यालयको स्थापना गरिएको छ । हुलाक कार्यालयको गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंहले उद्घाटन गरेका हुन् ।यस्तै खप्तड छेडेदह गाउँपालिकामा पनि हुलाक कार्यालय स्थापना गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०८१ ०८२ मा ल्याएको निती तथा कार्यक्रम अनुसार एक पालिका एक हुलाक कार्यक्रम अन्तर्गत संचार तथा सूचना प्रविधी तथा जिल्ला हुलाक कार्यालय बाजुराले जिल्लाका ९ वटै पालिकामा हुलाक कार्यालय स्थापना कार्य थालेको छ । साविकका इलाका कार्यालयलाई रुपान्तरण गर्दै सरकारको निती तथा कार्यक्रम अनुरुप पालिकास्तरमा हुलाक कार्यालय स्थापना गरी संचालनमा ल्याउने कार्य भईरहेको जिल्ला हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख बुद्ध सोमैले बताए ।
तल्लो क्षेत्रका बुढीगंगा र त्रिवेणी नगरपालिकामा गत सोमबार एक औपचारिक कार्यक्रमका बीच कार्यालयको स्थापना गरिएको थियो भने गौमुलमा आज एक कार्यक्रमका बिच कार्यालयको स्थापना गरिएको सौमेले बताए । इलाका हुलाकबाट दिइने सेवा पालिकामा स्थापना गरिएका हुलाकबाट सेवा नियमित रुपमा दिइने सोमैको भनाई छ । बाँकी रहेका अन्य पालिकाहरुमा पनि हुलाक कार्यालय स्थापना गरिने उनले बताए ।
जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख बुद्ध बहादुर सोमैको अध्यक्षतामा सञ्चालन भएको कार्यालय स्थापना कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंह रहेका थिए ।कार्यक्रममा गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नाथ विशिष्ट अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा रेडियो गौमुलका स्टेशन मेनेजर तथा पत्रकार महासंघ बाजुराका सचिव रमित विक, लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको सञ्चालन हुलाक कर्मचारी जंग बहादुर मल्लले गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर