
खप्तड मालिका न्युज,कार्तिक २८,बाजुराः जिल्लाको बडीमालिका नगरपालिका वडा.नंम्बर ६ कोर्धमा “तेस्रो वडाअध्यक्ष खुला पुरुष भलिवल कप” २०८१ हुने भएको छ । बडीमालिका नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा बडीमालिका नगरपालिकाको आर्थिक बर्ष २०८१/0८२ को स्वीकृत बजेट अनुसार वडा कार्यालय अन्तरर्गत “तेस्रो वडाअध्यक्ष खुला भलिवल कप”सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले एक सूचना जारी गर्दै भलिवल कप सञ्चालन हुन लागेको र बडीमालिका भित्रका खेलाडीहरुलाई सहभागी हुन आग्रह गरेको छ । उक्त भलिवल कप मंसिर १ गतेबाट ३ गतेसम्म सञ्चालन हुने भएको छ । भलिवल कपको लागी कार्तिक ३० गतेभित्र खेलाडीहरुले आफ्नो टिम दर्ता गराईसक्नुपर्ने छ । नगर स्तरिय खुल्ला भलिवल प्रतियोगिताको लागी टिम दर्ता शुल्क ३ हजार ५०० रहेको छ । भलिवल प्रतियोगितामा सहभागी हुनको लागी खेलाडीहरुले अनिवार्य रुपमा जर्सी र नगरपालिका भित्रको परिचय खुल्ने कागजात सिफारिस पेश गर्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३१ हजार १०० सहित प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । त्यस्तै द्धितिय हुने टिमलाई नगद १९ हजार १०० सहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने प्रतियोगितामा तृतिय हुने टिमलाई नगद ११ हजार १०० सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक बडीमालिका ६ नम्बर वडाकार्यालयले जनाएको छ । प्रतियोगिताको लागी थप जानकारी लिनको लागी उमेश कार्कीको मोबाइल नम्बर ९८६८५०८३५३ अंग बडुवालको मोबाइल नम्बर ९८६८४३५७४७ तुला बडुवालको मोबाइल नम्बर ९८६५८४५४५७ रमेश कार्कीको मोबाइल नम्बर ९८६५६१२६१५ र प्रकाश बडुवालको मोबाइल नम्बर ९८६८५८९०९८ मा सम्पर्क गरेर थप जानकारी लिन आग्रह गरिएको छ ।
भलिवल खेलप्रति युवाहरुलाई थप आर्कषित गर्नको लागी बडीमालिकाको स्वीकृत कार्यक्रम अनुसार “तेस्रो वडाअध्यक्ष खुला भलिवल कप”२०८१ सञ्चालन गर्न लागीएको वडा अध्यक्ष कृष्ण बहादुर खड्काले बताएका छन् । बडीमालिका नगरपालिका भित्र रहेका खेलप्रेमी खेलाडीहरुलाई खेल प्रति आर्कषित गर्नको लागी उक्त कार्यक्रमको आयोजना गर्न लागीएको अध्यक्ष खड्काले बताए । खेल क्षेत्रले मानिसको शारिरिक अबस्थालाई मजबुत बनाउने हुँदा खेल अहिलेको समयमा निकै आबश्यक रहेको बताउँदै नगरभित्र रहेका खेलाडीहरुलाई खेलप्रति आर्कषित गर्न “तेस्रो वडाअध्यक्ष खुला भलिवल कप”२०८१ सञ्चालन गर्न लागएिको उनले बताए ।
“तेस्रो वडाअध्यक्ष खुला भलिवल कप”२०८१ लाई सभ्य,भब्य र मर्यादित बनाउनको लागी सबैको उपस्थितको लागी आग्रह गरिएको छ । साथै नगरभित्र रहेका सम्पुर्ण खेलप्रेमी खेलाडीहरुलाई उक्त भलिवल प्रतियोगितामा सहभागी भई खेललाई भब्य बनाउन वडा कार्यालयले आग्रह गरेको छ । “तेस्रो वडाअध्यक्ष खुला भलिवल कप”२०८१ नेपाल आधारभुत राष्ट्रिय बिद्यालयको प्राङ्गणमा सञ्चालन हुने वडा अध्यक्ष कृष्ण बहादुर खड्का द्धारा हस्ताक्षेरित सूचनामा भनिएको छ ।
सूचना…


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर