• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

संस्मरण: “ससुरा” नभएको ससुराली

खप्तड मालिका न्युज October 29, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कसैले आफुलाई सोचेको भन्दा बेग्लै पाउँछ मान्छे । केही सोच त पूरा होलान्, तर सबै सोचेका कुरा कहाँ पो पूरा होलान् र रु मान्छेको मन न हो जे पनि सोचिहाल्छ । एकै सेकेन्डमा व्रह्माण्डको फन्को मारिदन्छ मनले। सायद मान्छेको मन मस्तिष्क भन्दा चलाख यहाँ अरु केहि पनि छैन संसारमा । मेरो मनले पनि के के गर भनिरहन्छ अनि मस्तिष्कले पनि के के सोचिरहन्छ । कति पूरा, कति अपुरा त कति अधुरा । मन्थन भईरहन्छन् हजारौं कुरा तर, नौनी जस्तै थोरै छर्लङ्ग ।

फेरि दशैं आयो । आफ्नै रफ्तारमा । आउनै पर्ने भएर । सबैलाई हातार छ । घर जानलाई । तर, देश भने प्राकृतिक प्रकोपको पञ्जामा परेको छ । देशकै राजधानी त जलमग्न भयो बाढीले । देशै भरी बाढी पहिरोले गर्दा सडक अबरुद्ध छन् । भो कुरै नगरम हामी मान्छे जातिको पीडा….., कति बगे, बस भित्रै पहिरोले कति च्याप्यो, कति अझै बेपत्ता । सरकारले पनि एकिन गर्न सकेको छैन । उसो त सरकार स्थायी भए पो सबै जानकारी स्थायी हुन्थ्यो । सबै अस्तव्यस्त । बेरोजगार, अस्थिर राजनीति, युवाहरूको नैरास्यता र विदेश पलायन आदि आदि समस्याहरू त ज्यूका त्यूँ छन् । त्यसमाथि अर्को बिपत्ति थपियो ।हाम्रो देशको न जमिन न आकाश दुवै सुरक्षीत यात्रा गर्न उचित छैन । सासलाई मुठ्ठीमा कसेर आँखालाई खुल्ला राखेर यात्रामा निस्किनु पर्छ ।

छोराहरूको परिक्षा सकियो । हतार गरिहाले घर जाने भनेर । बच्चालाई घरको याद आउनु र घर जान हातर गर्नु स्वभाविक लाग्छ   किनभने घर जाने भनेकै वर्षमा यहि एकपटक हो । दशैंमा । दशैंको रमाइलो, हजुराबुवा, हजुरमुवा, दौँतरी भट्ने, खेल्ने रहर । खोलाका दहमा पौडी, आफ्नै खेतबारीमा फलेका ओखर, स्याउ, काँक्रा, मकै आदि खान हतारिनु। गोरु र भैंसी चराउन जानू । त्यो भन्दा ठूलो त केही दिन पढाइबाट मुक्ती मिल्नु र स्वतन्त्र हुनु । हाम्रो टिकट एक दिन ढिलो भयो । कारण जेठो छोरालाई कुकुरले टोकेर । एकै कुकुरले त्यस्तै दस मिनेटमा तीन जनालाई टोक्यो । बाबुको घाउ त सानो थियो । अरु दुई जनको घाउ कति ठुलो । हेर्दा पनि आङ्ग जिरिङ्ग हुने । हामी प्रदेश अस्पताल कालागाउँ गयौं । करिब एक घण्टामा सुइ लगाएर फर्कियौ । टोक्ने कुकुरलाई पसलमा हुलेको थियो । हामीले सबै निकायमा खबर गर्यौ । दिउँसो तीन बजे हुलेको कुकुरको उद्धार बेलुका साढे सात बजेतिर भयो । यस्को लागि खब कहाँ गरिएन । १०० नम्बरमा फोनै लागेन ।

मैले अस्पताल छिर्दा पुलिसलाई भने । प्रदेश प्रहरीलाई फोन गरेर खबर गरें र फेरि जिल्ला प्रहरी कार्यालको नम्बर मागे र खबर गरें । भेटेनरीलाई पनि खबर गरियो । घरबेटीले नगरपालिका र सिडियोलाई समेत खबर गर्नु भएछ । गमे प्रदेशको राजधानीमा त पसलमा हुलेको एउटा टोकुवा कुकुर उद्धार गर्न यति ठाउँ खबर गर्नु पर्यो । अनि दुरदराजमा कसको बाउ को के लाग्छ र । तपाईं आफै अनुमान लगाउनुहोस् कि एउटा कुकुरलाई उद्धार गर्न खबर गरेको तीन बजे हो, काम भयो राती साढे सात बजे । अनि देश कहाँ  छ रु हामी कहाँ छौ रु विकासले फड्को मारोस् कसरी रु दिउँसो मान्छेलाई कुकुरले टोक्दा ट्वाँ परि हेर्ने देखि लिएर सयौंको जमात भयो । प्रहरीले कुकुर उद्धार गर्न JCV पो ल्याएर आयो । नगर र भेटेनरीको टिम पनि आयो । कुकुर सहजै नियन्त्रणमा आयो । कारण ऊ पहिले नै पसलमा हुलिएको थियो । सायद त्यो कुकुर बौलाहा होइन । किनभने त्यसको ढाडमा पाकेको थियो   त्यसमा किरा परेको छ । किराले कुकुरलाई खाए त्यसले मान्छे टोक्यो । बौलाहा पनि हुनसक्छ । सुर्खेतमा अहिले कुकुरले टोकेको घटना अधिक छ । सबैले होसियारी अपनाउनै पर्छ ।

सडक कुकुरहरूको व्यवस्थापन नगरपालिकाले गर्नै पर्छ भन्नेमा म दृढ छु । काठमाडौँ भीषण बाढीले देखाएको ताण्डवमा उद्धारको ढिलाइलाई मैले यही कुकुर उद्धारसँग दाँजे त्यस्तै लाग्यो । तर, प्रकृति होस् या अरु केहीर कोही रिसायो भने कसैको दालै नगल्ने रहेछ । कोही मन्त्री होस् कि महामन्त्री ढुङ्गा हुदारहेछन् । भलै ढिलै भएपनि उद्धार त भयो । सबै ठाउँमा । अझै सचेत रहन आवश्यक छ । खोला मिचेर बस्ती बसाउने काम अब नगरियोस् । यात्रा गर्दा पनि यात्री स्वयं चनाखो र होसियार भएर यात्रा गरौं । एक ऋतुसँगै हाम्रो महान चाड दशैं आएको छ । यस सँगसँगै देशमा दशा पनि भित्रीएको छ ।

मैले टिकट तीन दिन अगाडी नै भनेको हो । म ढुक्क थिएँ अगाडी कै सिट पाइन्छ भनेर । असोज १८ गते छोरोको अन्तिम सुइ थियो । बसपार्क काउन्टरमा बेलुका टिकट लिन आउँछु भनेर हस्पिटल गयौं सुइ लगाउन । कुकुरले टोकेकाहरूको पन्ध्र नम्बरमा पालो आयो । साढे एक घण्टा कुरेर सुइ गलाएर सकियो । हामीले सिधै बसपार्कको लागि अटो चढ्यौं ।ATM बाट पैसा निकाल्नु पर्ने भएर खोर्के खोलाको चाइनिज पुलमा झर्नु पर्यो हामी । झर्यौं । जहिले भाडा पचास तिर्ने मैले यो बेला सय तिरें । अलिकति अटो चालकसँग ठाकठुक पर्यो । चालकले अलि सहरियाको धाक देखायो । सोचें बिचरा अटो चलाएर सेवा गरें सोच्छ दुनियाँ लुटेर खान्छ । तेरा चुरीफुरी । यहाँ सबै अटोवालालाई भनेको छैन । धेरै असल छन् । थपेर दिदा पनि फिर्ता गर्छन् इमान्दार अटो चालक । जहिले उनेहरूलाई सलाम छ मेरो । ठूलो बोराको आलुमा एकदुई आलु कुहिएको भेटिनुलाई सामान्य ठन्दछु म । पसिनाको पैसा छोड्नु हुन्न, अरुलाई लुट्नु हुन्नु यो दशैंमा थप पचासले तिम्रो छोराछोरीलाई चङ्गा किनेर खेल्न दिनु रिस उठे पछि यत्ति भने । अटो अघि बढ्यो । हामी तीन बाबुछोरा ATM तिर ।

फेरि अटो चढ्यौं । बसपार्कको अगाडी गेटमा रोकियो । हामी ओर्लियौं । छ जना । अरु तीन जना जुम्ला जाने रहेछन् । हामी तीन कालिकोटसम्म । पचासको नोट दिएँ । बीस फिर्ता पाएँ । धन्यवाद है गुरु भनें । मन्द मुस्कान मै हस् भने । बस पार्कमा मान्छे बढी बस र  हाइस कम छन् । मैले टिकट लिएँ । भाडा तिरेँ । निस्किएँ । दिउँसो बजार मै व्यस्त भइयो । सरासामान जोरजाम मै । बेलुका कोठा आएर टिकट हेरें त सिट अन्तिममा राखेको । टिकटले मलाई इस खा अघि हेरिनस् भनेर लोप्पा ख्वाए जस्तो लाग्यो । दोस मेरै थियो । फोनको भरमा टिकट अगाडिको सिटको खोजेको काउन्टर मै हेरेको भए अगाडिको सिट मिल्थ्यो कि रु चित्त बुझाएँ । जानू नै छ भनेर । टिकट हेर्ने नै थिइन । मेरो श्रीमती जीले फोन गरेर सिट कतिमा छ भने पछि हेरेको । पुछरमा पो काटिए छ ।

बिहान छ नबज्दै बसपार्क पुग्यौं । सवा छ बजायो घडीले । झोला हाइसको छतमा राखिदिए । सबैलाई हाइसमा गएर आआफ्नो सिटमा बस्न भने एक जना भाइले । मानौ हामीलाई कसैले उर्दी जारी गरिरहेछ । पछि थाहा भयो गुरु त्यही भाइ पो रहेछन् । टिकटको कुरा गुरुलाई सुनाएँ । सेता दाँतसँगै कम राता बढी काला गिजा देखाएर हाँसे । हामी सिटमा गएर बस्यौं । छ तीसमा जाने भनेको हाइस सात पन्ध्रमा बल्ल स्टार्ट गरे गुरुले । हाइसमा बसेका यात्रीहरू निकै हतारीए । सुर्खेतको खाडलबाट नौ बजे मात्रै निस्किन्छ, हतार नर्नुहोस् भनें मैले । कोही त शान्त भए कोही हतारै देखिन्छन् ।

हाइसले बसपार्कलाई पछाडी छोड्दै अघि बढ्यो । चोकचोकमा मान्छे चढाउँदै । मुलपानी चोकमा अलि बढी समय लगायो । त्यहाँ आएर थाहा भयो अघि हामीलाई आआफ्नो सिटमा बस्न किन भनेको रहेछ भनेर । हामीले काटेका सिटको टिकट त अरुले पनि लिएका रहेछन् । एउटै सिटको डबल सिट काट्नु कुनै नैलो कुरो भने होइन । २०६९ तिर त म उभिएरै सुर्खेतबाट जितेगडा झरेको छु । त्यो बेला म बसेकै सिटको अर्को टिकट ल्याएर एक महिला काखिमा चारपाँच महिनाको बच्चा च्यापेर आइन् । सिट छोड्नै पर्यो । मजस्तै डबल टिकटवाला पहिले चढ्ने चढे पछिका उभिए । म भने पहिले नै चढेको भएपनि ती एक आमा आएपछि छोड्नै पर्यो । केही नबोली उठेँ जुरुक्क । दिनभरिका लागि ।सरले भने जस्तो हुन्या भयो । गाडी त नौ बज्या मात्रै बाङ्गेसिमल कट्छ । मुलपानी चोकमा मभन्दा अघिल्लो सिटमा बसेका एक जनाले भने ।हजुर १ जहिले यस्तै गर्छ त । म बोले ।हाइस अघि बढ्यो । आठ पैंतालीसमा चेकपोस्टमा इन्ट्री गरेर । हाइसले सुर्खेत छोड्यो ।

गन्तव्य त बाजुरा सम्मै हो मेरो । दशैंमा घरै पुग्नु छ । म पहिलो पटक जाँदै छु ससुराली घरमा ससुरा नभएको बेला । केहिदिन ससुराली घरमा बसेर हामी बाजुरा जानेछौं । मैले आँखा बन्द गरें । मस्तिष्क फेरि एकपटक झङ्कृत भयो । अतीतलाई मानसपटलमा दोहोर्याएर । आज बेलुका ससुराली घरमा हुने छु । सबैसँग भेट हुने छ र बातचित पनि । तर, एक जनासँग चाहेर पनि भेट हुनेवाला छैन अब कहिल्यै पनि । ससुरा बुवा भगवानको प्यारो हुनुभएको पाँच महिना पुगिसक्यो । जुन बेला म काठमाडौं थिएँ । ढिलो थाहा भयो मलाई । चाहेर पनि म ससुरा बुवाको अन्तिम दाहसंस्कारमा उपस्थित हुन सकिन भौतिक रूपमा । एक ज्वाइले गर्ने कार्य सबै गरें । सकेसम्म एक छोराले गर्ने काम गर्ने यत्न गरें । काठमाडौं मै । मसँगै बसेका साथीहरूलाई दुस्खद खबर सुनाएँ । ढाडस् दिए सबैले । मन शान्त पार्ने कोशी गरे । साथीको साथीत्व फेरि एक पटक पाएँ । कपाल खौरने कुरा गरेँ   बुवाआमा हुँदै हुनुहुन्छ । यसो नगरौँ शाही सर भने साथीहरूले । वहाँ पनि त बुवा हुनुभयो मेरो भलै म जन्मिनुमा होइन कर्ममा । मैले जिद्दी गरेँ । साथीहरूका आदर्शले घुडा टेके । मेरो कुरामा सहमत जनाए । मैले मेरै जन्मदिने बुवाआमा हुँदै मैले सबै गरेँ । किन कि मेरो कर्म र म अहिले हुनुमा ससुरा बुवाको पनि ठूलो सहायता छ । यति भने बुझिहाल्नु हुन्छ ।

हाइसले ब्रेक हान्यो । म झल्यास्स भएँ । अगाडी हेरेँ परबाट ट्रक आउँदै रहेछ साँघुरो मोडमा । फेरि एकपटक मेरो नजर गुरुको अगाडी झुन्डिएको सिसामा गएर ठोक्कियो । गुरुको काखैमा एक युवती बसेकी छ । मैले त बल्ल देखें । अरुले त अघि नै देखिसके हुन् । झिल्के देखिन्छ गुरु । त्यसैको छेवैमा छ एक युवती अटेसमटेस् । मलाई उकुसमुकुस भयो यता । सबैलाई थाहा छ कर्णाली करिडोर देश कै एक नम्बर खतराको सूचीमा पर्छ । मनमा चिसो पस्यो मेरो । गुरु जीको मस्तिष्क युवती तिर मोडियो भने । मैले मसँगैका सबैलाई त्यो ऐना हेर्न भने । सबै गलल…. हामीलाई  गन्तव्यमा पुगाए त भैुगो दाइ । रमाइलो गर्न दिऊ मेरो अगाडीको भाइ बोले ।
हुन त हो । गुरुको स्टेरिङ त्यो युवतीले पक्डी भने रु म बोले । सबै मौन भए ।  मेरो नजर केही मिनेट त्यही ऐनामा अडिरह्यो । गुरुले गेयर फेरबदल गर्दा ती युवतीको दुई गोडाको बिचमा हात हाल्थे । गुरुको पाखुराले पुरै छाती छुन्थ्यो । ती युवती यस्सो खुम्चिन्छिन् । असहज मान्दै । बड्डीचौर चेकपोस्टमा हाइस रोकियो । इन्ट्रीको लागि । एक जना ट्राफिक हाइसमा चढे ।

ह्याप्पी दशैं सबै यात्रुहरूलाई…..सहामीले सेम टु यु फर्कयौं पछाडी सर थपेर । सबै ओके हुनुहुन्छ नि रु कस्तो छ यात्रा रु ठिक छ सर, सबै राम्रो छ । यति भन्दै मैले ती ट्राफिकको छातिमा टाँसिएको नाम कण्ठ गर्न भ्याइसकेको थिएँ ।यात्रा सहज होस्, हाम्रो चाहाना हो । तपाईंहरूलाई अप्ठ्यारो नहोस् । तर, समय दशैंतिहारको छ । बाध्यात्मक परिस्थिति पनि छ । मिलेर जानुहोला । केही गाह्रो सारो भए हामीलाई तुरुन्त सम्पर्क गर्नु होला । बाटोमा खाना नराम्रो र बासी हुनसक्छ त्यस्तो पाए पनि खबर गर्नुहोला है त  ! ल शुभयात्रा….सहुन्छ सर, धन्यवाद ! मैले भने । ट्राफिक पुलिस झरे । हाइस अघि बढ्यो । २०६३ सालबाट हो । म सवारीमा यात्रा गर्न लागेको । तर पहिलो पटक यति राम्रो ट्राफिक भेटें । मनमनै कमान गरें तिम्रो सधैं जय होस् ।

बेलाबेला मेरो नजर त्यही झुन्डिएको सिसामा पर्छ । खाना खाने ठाउँमा गुरुको छेउमा एक जना केटा बसाउने बिचार गरें । त्यो सम्भब भएन । गुरुको दिमाग झन सट्किएला कि भन्ने डर । चुप रहें । ती युवतीलाई पनि निहालें । निकै सोझी रहिछन् । मनमनै ग्लानी भएँ । त्यहाँ बस्नु सिट नभएर हो । बुँझे । तर अब यस्तो देख्न नपरोस् । गुरुको काखमा युवती बस्नु र बसाल्नु नौलो कुरो पनि होइन । पहिले पनि निकै देखेको छु । हाइस रेंगिल पुग्यो । बल्ल ढुक्कको सास तानें । सबैलाई दशैंको शुभकामना साथै शुभयात्रा भनेर निस्किएँ । झोला भिरें । हामी पुल तर्यौं । ममा त्यो उर्जा थिएन। जुन पहिले पहिले थियो । ससुराली घर जाने । लल्याकलुलुक हुँदै गएँ । बाजेलाई भेटेर जाने निधो गरेर बाजेको घर गएर दर्शन गरें । फूपू पनि आउनुभएको रहेछ कर्णाली प्रदेश सांसद दक्षिणा शाही । भेट भयो खुशी लाग्यो । बजै खेतमा जानुभएको रहेछ । अब अगाडी बढेँ । घर सुनसान लाग्यो । जहिल्यै हामीलाई स्वागत गर्ने ससुराबुवा आँगनमा हुनुहुन्न । त्यो टीका थाली छैन । जसमा निधारमा टाँसिन तम्सिएका राता अक्षेता बुर्कुसी मारिरहेका हुन्थे । सधैं वहाँ बस्ने र दिउँसो घाम ताप्ने बाक्लो राडी र काम्लोको ओछ्यान लगाउने गरेको आगनको खाट हराएको छ । कुर्सी पनि खाली उभिएको छ एक्लै चार खुट्टा टेकेर । सासुममी र सबै खेतमा धान चुट्न जानुभएको रहेछ । जिउलामा सबैलाई धानले बोलाएको छ । धानलाई घरमा पस्न हतार छ । दशैं अगाडी नै घरमा सुरक्षीत हुनु छ धानलाई पनि ।

ससुराबुवाको थोरै परिचय कोट्याऊँ । वहाँ कै जीवनी पुस्तिकाबाट…. मध्यपश्चिमा अञ्चल विकास क्षेत्र, कर्णाली अञ्चल कालिकोट जिल्ला साविक बदालकोट गाविस वडा नं. ३ जिम्जेडी हाल कर्णाली प्रदेश खाँडाचक्र नगरपालिका वडा नम्बर ११ रेंगिल बदालकोटमा  पिता स्व।गम्बिर शाही र माता स्व।बेला शाहीको कोखबाट चार भाइ मध्ये साइलो छोराको रुपमा स्व। पदम बहादुर शाहीको जन्म वि।स।२००१ साल पौष पन्ध्रमा भएको थियो । वहाँको तीन जना दिदीबहिनी हुनुहुन्थ्यो ।  वहाँ र वहाँको धर्मपत्नी जना शाहीका तीन छोरा चार छोरी हुनुहुन्छ । कान्छो भाइ विर्ख बहादुर शाही पनि एक परिचीत नाम हो । यश बारे म अर्को लेखमा समेटौलाँ । स्वर्गीय ससुराबुवा एक सफल व्यवसायी बनेर समाजसेवा गर्दै राजनीतिमा प्रवेस गर्नुभएको  देखिन्छ । वहाँ २०३७ सालको जनमत संग्रह पछि पञ्चायती व्यवस्थामा २०३८ सालमा जिल्ला पञ्चायत समिति सदस्य (क्षेत्रपाल) हुनुभएको छ । यस्तै  २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट बदालकोट गाविस वडा नम्बर ३ बाट अध्यक्ष पदमा निर्वाचित भइ समाजका समस्याहरूको समाधनमा कठिबद्ध भइ समाजसेवामा अहोरात्र खटिरहनुभएको पाइन्छ ।

अहिले वहाँको अभाव खड्किरहेको छ बदालकोट बासीलाई, सिङ्गो कालिकोटलाई । जति मलाई खड्किरहेको छ । धेरै छ योगदान समाजमा । लेखेर सकिन्न । धेरै उपचार पश्चात् वहाँले ८० वर्षको उमेर आफ्नै कालगतिले २०८१ साल जेठ ०८ गते सबैलाई छोडेर वैकुण्ठको यात्रा तय गरेर स्वर्गीय बन्नु भयो । वहाँको वैकुण्ठ बास होस्, वहाँको आशिर्वाद सधैं हामीलाई लागिरहोस् ।म घरको ढोकामा ठिङ्ग उभिएँ । एक जना भदया आएर मेरो काधमा झुन्डिएको झोला मसाते र भित्र गए । घरको पल्लो छेउमा माइली दिज्जु रोटी पकाउदै हुहुन्छ । खाजा लागि । आँगन भरी नजरले फन्को मारे । नतमस्तक मेरो मनले घरलाई ससुराबुवा ठान्यो । बिस्तारै शिर निहुरियो । कसैले थाहै नपाउने गरि । आशिर्वाद थाप्न । साँच्चै ससुरा नभएको ससुराली घर ससुरा हुनु र नहुनुमा धेरै फरक पर्दो रहेछ । मन शान्त हुँदै थियो । ड्याडी बाहिरको खाट खै रु छोराले सोधिहाले । केही बोल्नै सकिन । फेरि सोधे । मसँग जवाफ थिएन । अर्को कोठामा राखेको छ । यत्ती भने भक्कानिएर । किन कि त्यो खाट कहाँ गयो म पनि त अनविज्ञ छु ।

लेखकः सुरेन्द्र शाही गुलाब कान्छो,बाजुराः उहाँ बिगत लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउँनु भएको साहित्यकार हुनुहुन्छ। उहाँका कुल्चिएको गुलाफ (गजल संग्रह),परतन्त्र (मुक्तक संग्रह) साइनो सारथी,साइनो सौरभ,पाल्पाली साइनो लगायतका केहि कृतिहरु प्रकाशन रहेका छन् भने केहि प्रकाशोन्मुख अबस्थामा रहेका छन् । 

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑