• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि.को सातौ बार्षिकोत्सव सम्पन्न ,

खप्तड मालिका न्युज September 22, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा :  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ बसन्त पुरा गर्दै आठौँ बशन्तमा प्रवेशको शुभ अवसरमा देशै भरीका शाखा तथा उप शाखाहरुमा विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । यसै क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उपशाखाले पनि आफ्नो सातौँ बार्षिकोत्सव त्रिवेणी नगरपालिकाको सभा हलमा सम्पन्न गरेको बाजुरा उपशाखा प्रमुख हेमन्त नाथले बताएका छन ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी ऐन २०५३ अनुसार दर्ता भई मिति २०७४ साल असोज ६ गतेका दिनबाट आफ्नो औपचारीक रुपमा व्यवसाय प्रारम्भ गरेको हो भने आज मिति २०८१ साल असोज ६ गतेको दिन सातौ बशन्त पार गरी आठौँ बसन्तमा प्रवेश गरेको बाजुरा उप शाखाले जनाएको छ ।

Sun.jpeg
सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. बाजुरा उपशाखा प्रमुख हेमन्त नाथको अध्यक्षतामा एक औपचारीक कार्यक्रमका साथ कम्पनीका अभिकर्ता तथा विमितहरुसँग अन्तरक्रिया गरी आफ्नो बार्षिकोत्सब मनाएको हो । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो भने नगर उप प्रमुख कमला न्यौपाने , नगर प्रवत्ता मिन भण्डारी , नेपाली काँग्रेस नगर सभापती विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै त्रिवेणी नगरपालिका एक देखी १० वडा सम्म दश नम्वर सम्मका वडा अध्यक्षहरु अतिथि रहनु भएका हुन । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापाले ब्यानर पढेर र केक काँटेर सातौ बार्षिकोत्सको उद्घाटन गरी मनाइएको हो ।

sun karna.jpeg
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उपशाखाको आयोजनामा सातौ बार्षिकोत्सब समारोहको प्रमुख अतिथि तथा त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले समुदायसँगको कदमी उठाउँदै समुदाय समुदायमा छाएको यस सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.ले सानो सानो रकम संकलन गरी जीवनमा आउने ठूला जोखिमहरुको न्युनिकरण गरीरहेको र जीवभरको सुरक्षा गरीरहेको बताउनु भएको छ । सबै भन्दा ठूलो जीवन हो त्यसैले जीवनको सुरक्षाको लागी आजैबाट जीवन बीमाको सुरुवात गर्नुपर्ने उहाँको भनाइ रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफु र आफु सँगका जनप्रतिनिधी र त्रिवेणी नगरपालिकाका समुदायको मानिसहरुलाइ जीवन बीमा गर्न लगाउने र पालिकाबाट सकिने सहयोगका लागी पछी नहट्ने कुराको प्रतिवद्धता समेत जनाउनु भएको छ । यस्तै त्रिवेणी नगरपालिका उप प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि कमला देवी न्यौपानेले यस कम्पनाीको उत्तरोत्तर प्रगतीको कामना सहीत आफु जहाँ जीवन बीमा त्यहाँ बीमाले धन सम्पतीको मात्रै सुरक्षा नगर्ने र सधै भर जीवनको सुरक्षा गर्छ त्यस कारण जीवन वीमा गर्न जरुरी रहेको बताउनु भएको हो । यस्तै यस सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल सम्म विभिन्न समुदायमा समुदायसँग उठान गर्दै विभिन्न प्रकारका वीमाहरु गर्दै आएको हूँदा यस सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमै जीवन वीमा गर्ने अन्य बत्ताहरुले प्रतिवद्धता सहीत गरेको छन । हाल विश्व जगतमा वीमा नभएको कुनै चीज नै छैन सजीव देखी निर्जिव सम्मका सबैको लागी जीवन बीमा छ र वीमा गर्न अपरीहार्य रहेको कार्यक्रमका अतिथी एवम् त्रिवेणी नगरपालिका नगर प्रवत्ता मीन भण्डारीले बताउनुभएको छ ।

WhatsApp Image 2024-09-22 at 15.29.20_59fdfc9e.jpg
हाल मानव जीवनमा जोखिम कहाँ र कतिखेर आउँछ कसैलाइ थाहा भएको र यसको न्युनिकरणको लागी जीवन वीमा अनिवार्य रहेको कार्यक्रमका अतिथि तथा नेपाली काँग्रेस नगर सभापती सुरेन्द्र गिरीले बताएका छन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बार्षिकोत्सब कार्यक्रममा बीमासँग सम्बन्धीत अभिकर्ता , एजेन्सी , लगायत पालिकाका कर्मचारी सहित भब्य सहभागीता रहको थियो । त्रिवेणी नगरपालिकाको सभा हलमा सम्पन्न सातौ बार्षिकोत्सब कार्यक्रमको संचालन एजेन्सी जय बहादुर रावले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑