
गोबिन्द राज तिमिल्सेना,अशोज ४,बाजुराः चर्चित देउडा गायक कोकलकण्ठी श्वरका धनी बाजुराको माटोमा जन्मिएका गायक प्रकाश थापाको “इन्द्रजाल फुकाईजा” नामक देउडा गित भिडियोसहित साङ्गितिक बजारमा आएको छ । शुक्रबार “इन्द्रजाल फुकाईजा”नामक बोलको देउडा गित गायक थापाकै अफिसियल युउटुब च्यानलबाट साङ्गितिक बजारमा आएको हो । बाजुराको बडीमालिका नगरपालिका ८ घर भएका थापाले एकपछि अर्को गर्दै पुनः मिठो देउडा गित बजारमा ल्याएका हुन्।
थापाले आफ्नो दुई दशक लामो गायन यात्रामा हजारौ संख्याका गीतमा स्वर दिइरहेका छन् ।थापाले पहिलो गीत २०५७ सालमा बजारमा ल्याएका थिए । उनको पहिलो गीत “ सुदुरपश्चिम बिकटै भए नि, सम्झना छ मै मरी गए नि” हो ।त्यहि बाट आफ्नो साङ्गितिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो संगित कालको करिब २५-२६ बर्ष लामो यात्रामा करिब ८००-९०० सय भन्दा बढी देउडा तथा ठाडिभाका लगायत लाईफ देउडा दोहोरी गीतहरुमा आवाज दिसकेका छन् ।गायक थापालाई सुदुरपश्चिमको देउडा गितको राजा भनेर चिनिने गरिन्छ। देउडा गायन र प्रकाश थापा भनेका पर्यावाची हुन् । देउडा गीत, त्यसैमा ठाडी गीतमा गायक थापा अनिवार्य जस्तै छन् । थापाको आवाजमा श्रोता तानिने गरेका छन्, उनको श्वरबाट आम दर्शकहरु मख्ख हुने गरेका छन् भने शब्दकारहरुले गीतले राम्रो बजार पाउनेमा विश्वस्त रहेका हुन्छन् ।
बाजुराको मोटोमा जन्मेर लामो समयदेखि साङ्गितक क्षेत्रमा होमिदै आएका गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिमेलीको रोजाईमा पर्ने गायक थापा हुन् । गायक थापा जति पनि गितहरु साङ्गितिक बजारमा ल्याउछन् त्यति नै गितहरु उनका चर्चामा रहने गर्छन गायक थापाका गितहरु जति पनि साङ्गितिक बजारमा आएका ती गितहरु त्यति नै राम्रा र सबैको रोजाईमा परेका गितहरु रहेका छन् । भने उक्त गितहरुले राम्रो बजार समेत पाएका छन् । पेशाका हिसाबले गायक थापा शिक्षक भए पनि उनले गित सङ्गितको क्षेत्रलाई पनि एकसाथ गर्दै अगाडि बढाएका छन् । गायक थापा संग लामो पेशागत अनुभव समेत रहेको छ ।गित संगितको क्षेत्रमा एकपछि अर्को गर्दै गायक थापाले बिभिन्न समयमा गितहरु बजारमा ल्याउने गरेका छन् । गत साउनमा आफ्नो छोरा आशिष थापा र आफ्नै आवाजमा सजिएको “ हितकी परानी”नामक बोलको गित साङ्गितिक बजारमा ल्याएका थापाले पुन पनि मिठो देउडा गित “इन्द्रजाल फुकाईजा”बजारमा ल्याएका छन् ।
चर्चित सर्जक राजेन्द्र शाह गित “विपी”को उत्कृष्ठ शब्दमा रहेको गितमा गायक थापा र गायिका शान्ती श्री परियारको आवाज रहेको छ । गितको संगित श्वयम् गायक थापाको रहेको छ भने गितमा बिनोद बाजुरेलीको ऐरेञ्जर रहेको छ । सागर बाजुरेली र गोबिन्द्र पराजुलीले रेकर्ड गरेको उक्त गितमा राजेन्द्र बाजुरेलीले भोकल इडिट गरेका छन् । खडक बाजुरेलीले मिक्सिङ गरेको गितको निर्देशन भिम थापाले गरेका छन् । अमृत उपाध्यायले छायाङ्कन गरेको उक्त गितमा टेक बिष्ट,रोजी कुँवर,उर्मिला कुँवर र ललित शाँउदले अभिनय गरेका छन् । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको गित प्रकाश थापाको अफिसियल युउटुब च्यानलबाट शुक्रबार सांगितिक बजारमा ल्याइएको हो । गितको भिडीयोमा बडिमालिका नगरपालिका मार्तडी उपरकोटमा खेलिएको देउडा खेलको दृश्य देखाइएको छ ।
चर्चित देउडा तथा ठाडी भाका गायक थापाका बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,बाजुराको लाठ्या,खोलीको कायाजााल,तारा मधुराई छन,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,गैरी पिपल ढाली,डाँफे हिमालैमा,खाउँ भन्या मोहि छैन,कोहि नेता चिन लाग्या,बासन पुरी धान,बुढी गंगा छाल,कर्णालीका छाल,सुवाकी सौराई, लगायतका हजारौ संख्यामा चर्चित गितहरु साङ्गितिक बजारमा रहेका छन।
गित सुन्न तलको लिंकमा दबाउनुहोला….
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर