• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मौलिक पर्व अनन्ते मेला भोलीबाट

खप्तड मालिका न्युज September 17, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अशोज१,बाजुराःबाजुराबासीहरुको मौलिक पर्व अनन्ते मेला भोलीबाट बिधिवत रुपमा सुरु हुने भएको छ । मौलिक संस्कृति बोकेको स्थानिय पर्व बुधबार अर्थात भोली दुई गतेदखि चारगतेसम्म मनाइने भएको हो । भाद्र शुक्ल पूर्णिमाको दिनबाट सुरु गरिने अनन्ते मेलालाई यस बर्ष पनि बाजुरामा भब्यताका साथ मनाईने भएको छ । बाजुराका अन्य ठाउँमा खासै अनन्ते पर्व नभए तापनि जिल्ला सदरमुकाम मार्तडीमा भने यो पर्व भब्यताका साथ मनाइने गरिएको छ ।

सदरमुकामको उपरकोट बडिमालिका मन्दिर नजिकै यो पर्व मनाइने गरिन्छ । दशैं पछिको महत्त्वपूर्ण पर्वका रुपमा मानिने अनन्ते मेला ३ देखि ५ दिनसम्म हुने गर्दछ ।बुधबार साँझबाट अनन्ते मेला बिधिवत रुपमा सञ्चालन हुने अनन्ते मेला ब्यबस्थापन समिति मार्तडी बाजुराले जनाएको छ ।बुधबार बाट सुरु हुने अनन्ते मेला शुक्रबारसम्म सञ्चालनमा रहने बताइएको छ ।परापुर्व कालदेखि नै मार्तडीमा अनन्ते पर्व मनाउँदै आईएको छ भने यस बर्ष पनि भब्यताका साथ अनन्तेमेला सञ्चालन हुने भएको छ । महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमामा रही न्यायका पक्षधरहरूले विजयी उत्सवका रुपमा अनन्ते पर्व मनाउने गरिएको बडिमालिका नगरपालिका ८ का धने थापाले बताएका छन् । मार्तडीको उपरकोटमा परम्परागत देखि चल्दै आएको अनन्ते मेला यो बर्ष पनि भब्यरुपमा हुने उनले बताएका छन् ।

अनन्ते मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीतसँगै बिजुराका धुन र गाथाको माध्यमद्वारा मेला मनाउने गरिएको शिक्षक शेर बहादुर रावलले बताएका छन् । सामाजिक संस्कृतिमा आधारित अनन्ते पर्वको जगेर्ना गर्नको लागी हरेक बर्ष यो पर्व मार्तडीमा भब्यताका साथ मनाईदै आएको उनले बताएका छन् । दशै तिहार पछिको बाजुराबासीको यो ठुलो पर्व रहेकोले यसको जर्गेन गर्नको लागी हरेक बर्ष मनाईदै आएको रावलले बताएका छन् । यो पर्व मनाएमा आफूले सोचेअनुसारको मनोकांक्षा पूरा हुने स्थानीयवासीमा विश्वास रहेको छ । अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनास्वरुप पनि मनाउने गरिन्छ । मेला अवधिभर लाखे नाच, माँगल, पाण्डवहरुको युद्ध कौशल र लडाईको युद्ध नीतिका बारेमा पनि चर्चा हुने गरेको स्थानियले बताएका छन् ।

देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीयबासीले बताउने गरेका छन् ।उपरकोटमा हरेक बर्ष झै यस बर्ष पनि अनन्ते पर्व भब्यताका साथ हुने भएको हो । अनन्ते मेलालाई व्यवस्थित बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सि जस्ता मादक पदार्थ, लागु पदार्थ विक्री वितरण एवंम सेवन गर्न निषेध गरिने भएको छ ।मेलालाई सुव्यवस्थित ढंगले संचालन गर्नका लागि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा संयोजक, ९ का अध्यक्ष सुर्यकिरण विक सहसंयोजक रहने गरि ११ सदस्यीय मेला व्यवस्थान समिति समेत बनाईएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । त्यस्तै मेला अवधिभर मार्तडी बजार आसपास क्षेत्रमा मदिरा उत्पादन, विक्रि वितरण, ओसारपसार र सेवन गर्न पूर्ण रुपमा निषेद गरिने र मदिरा उत्पादन विक्रि वितरण, ओसार पसार गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑