• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मौलिक पर्व अनन्ते मेला भोलीबाट

खप्तड मालिका न्युज September 17, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अशोज१,बाजुराःबाजुराबासीहरुको मौलिक पर्व अनन्ते मेला भोलीबाट बिधिवत रुपमा सुरु हुने भएको छ । मौलिक संस्कृति बोकेको स्थानिय पर्व बुधबार अर्थात भोली दुई गतेदखि चारगतेसम्म मनाइने भएको हो । भाद्र शुक्ल पूर्णिमाको दिनबाट सुरु गरिने अनन्ते मेलालाई यस बर्ष पनि बाजुरामा भब्यताका साथ मनाईने भएको छ । बाजुराका अन्य ठाउँमा खासै अनन्ते पर्व नभए तापनि जिल्ला सदरमुकाम मार्तडीमा भने यो पर्व भब्यताका साथ मनाइने गरिएको छ ।

सदरमुकामको उपरकोट बडिमालिका मन्दिर नजिकै यो पर्व मनाइने गरिन्छ । दशैं पछिको महत्त्वपूर्ण पर्वका रुपमा मानिने अनन्ते मेला ३ देखि ५ दिनसम्म हुने गर्दछ ।बुधबार साँझबाट अनन्ते मेला बिधिवत रुपमा सञ्चालन हुने अनन्ते मेला ब्यबस्थापन समिति मार्तडी बाजुराले जनाएको छ ।बुधबार बाट सुरु हुने अनन्ते मेला शुक्रबारसम्म सञ्चालनमा रहने बताइएको छ ।परापुर्व कालदेखि नै मार्तडीमा अनन्ते पर्व मनाउँदै आईएको छ भने यस बर्ष पनि भब्यताका साथ अनन्तेमेला सञ्चालन हुने भएको छ । महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमामा रही न्यायका पक्षधरहरूले विजयी उत्सवका रुपमा अनन्ते पर्व मनाउने गरिएको बडिमालिका नगरपालिका ८ का धने थापाले बताएका छन् । मार्तडीको उपरकोटमा परम्परागत देखि चल्दै आएको अनन्ते मेला यो बर्ष पनि भब्यरुपमा हुने उनले बताएका छन् ।

अनन्ते मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीतसँगै बिजुराका धुन र गाथाको माध्यमद्वारा मेला मनाउने गरिएको शिक्षक शेर बहादुर रावलले बताएका छन् । सामाजिक संस्कृतिमा आधारित अनन्ते पर्वको जगेर्ना गर्नको लागी हरेक बर्ष यो पर्व मार्तडीमा भब्यताका साथ मनाईदै आएको उनले बताएका छन् । दशै तिहार पछिको बाजुराबासीको यो ठुलो पर्व रहेकोले यसको जर्गेन गर्नको लागी हरेक बर्ष मनाईदै आएको रावलले बताएका छन् । यो पर्व मनाएमा आफूले सोचेअनुसारको मनोकांक्षा पूरा हुने स्थानीयवासीमा विश्वास रहेको छ । अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनास्वरुप पनि मनाउने गरिन्छ । मेला अवधिभर लाखे नाच, माँगल, पाण्डवहरुको युद्ध कौशल र लडाईको युद्ध नीतिका बारेमा पनि चर्चा हुने गरेको स्थानियले बताएका छन् ।

देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीयबासीले बताउने गरेका छन् ।उपरकोटमा हरेक बर्ष झै यस बर्ष पनि अनन्ते पर्व भब्यताका साथ हुने भएको हो । अनन्ते मेलालाई व्यवस्थित बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सि जस्ता मादक पदार्थ, लागु पदार्थ विक्री वितरण एवंम सेवन गर्न निषेध गरिने भएको छ ।मेलालाई सुव्यवस्थित ढंगले संचालन गर्नका लागि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा संयोजक, ९ का अध्यक्ष सुर्यकिरण विक सहसंयोजक रहने गरि ११ सदस्यीय मेला व्यवस्थान समिति समेत बनाईएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । त्यस्तै मेला अवधिभर मार्तडी बजार आसपास क्षेत्रमा मदिरा उत्पादन, विक्रि वितरण, ओसारपसार र सेवन गर्न पूर्ण रुपमा निषेद गरिने र मदिरा उत्पादन विक्रि वितरण, ओसार पसार गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑