• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सुदूरपश्चिममा २ महिनापछि ३१ अर्ब ९८ करोडको बजेट प्रदेश सभामा पेस

खप्तड मालिका न्युज September 17, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ९८ करोड २८ लाखको बजेट प्रस्तुत गरिएको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेका हुन्। अधिकांश पुरानै योजनालाई सामावेश गरेर सुदूरपश्चिमको बजेट चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि प्रदेश सभामा पेस गरिएको हो।

प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार अर्थात कुल विनियोजित बजेटको ४० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार अर्थात ५९ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ भने एक करोड बजेट विनियोजन गरिएको छ।

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वमा रहेको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि असार १ गते ३१ अर्ब ६२ करोडको बजेट पेस गरेको थियो। तर त्यसबेलाको सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएपछि बजेट न पारित भयो, न त फेल।

सोडारीले साउन १८ गते पदबाट राजीनामा दिएका थिए। साउन २१ गते एमाले र नागरिक उन्मुक्तिको साझेदारीमा कांग्रेसका कमलबहादुर शाह नेतृत्वको नयाँको सरकार गठन भएपछि सोमबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो। नयाँ सरकारले राजस्व संकलनसम्बन्धी अध्यादेश ल्याएर साउन २४ देखि राजस्व संकलनको गाँठो फुकाएको थियो। तर समयमा बजेट नआँउदा कर्मचारीले तलब पाउन सकेका थिएनन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुदूरपश्चिममा हाल १ हजार ६३८ जना स्थायी दरबन्दीका कर्मचारी छन्। अस्थायी, करार र परामर्श सेवाका गरी करिब ५ सयभन्दा बढी थप कर्मचारी छन्। सामाजिक विकास मन्त्रालयअन्तर्गतका जिल्ला अस्पतालहरूमा करार सेवाका कर्मचारीको संख्या धेरै छ।

सुदूरपश्चिममा स्थायी दरबन्दीका कर्मचारी अधिकृतस्तरभन्दा उपल्लो तहका निकै कम छन्। प्रशासन सेवातर्फ २४ जना उपसचिवको दरबन्दी रहेको सुदूरपश्चिममा चार जना मात्रै कार्यरत छन्। प्रशासन सेवातर्फ ६८ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा १४ जना मात्रै कार्यरत छन्।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑