• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

कैलालीमा १६४ महिला जबरजस्ती करणीको सिकार

खप्तड मालिका न्युज September 16, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः एक महिना अघि कैलालीको गोदावरी नगरपालिकाकी एक किशोरी सामुहिक करणीको सिकार बनिन्।

एक जना प्रेमीको चक्करमा परेर उनी रातिको समयमा सामुहिक करणीमा परेको खुलेको छ। सामुहिक करणीमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। यस प्रकारको घटना कैलालीमा पछिल्लो समय एकपछि अर्को बढ्न थालेको छ। जिल्लामा १२ महिनाको अवधिमा एक सय ६४ महिला जबरजस्ती करणीको सिकार बनेका छन्।

जबरजस्ती करणीमा परेको भन्दै पछिल्लो समय पीडक विरुद्ध जिल्ला अदालत कैलालीमा यस प्रकारका मुद्दा दर्ता गराउने पीडितको संख्या बढेको छ। आर्थिक वर्ष २०८०र८१ मा एक सय ६४ महिलाले जबरजस्ती करणीमा परेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा नै दायर गरेको पाइएको छ। यसका साथै अदालतमा ३८ मुद्दा जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन्। यस प्रकारको मुद्दा दर्ता गराउनेमा विवाहितदेखि किशोरीसम्मै रहेको पाइएको छ।

जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा वर्षेनि प्रहरी कार्यालय हुँदै अदालतमा मुद्दा दर्ता हुनेक्रम बढ्दो छ। गत आर्थिक वर्ष जिल्ला अदालतमा दर्ता भएका १६४ जबरजस्ती करणीका मुद्दामध्ये ११८ मुद्दाको अन्तिम सुनुवाई भइसकेको छ। बाँकी ४६ मुद्दाको सुनुवाइ हुने बाँकी नै रहेको जिल्ला अदालत कैलालीले बताएको छ।

गत आर्थिक वर्ष हाडनाता करणीका सात, जबरजस्ती करणी उद्योगका ३८, बाल यौन दुरुपयोगका १९ मुद्दा दर्ता भएका थिए। जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणि लामिछानेले बल प्रयोग गरेर इच्छा विपरीत गरेको कार्यलाई जबरजस्ती करणीको रुपमा लिने गरिएको बताए। महिलाहरुप्रति समाज असहिस्ष्णु भएका कारण यस्ता घटनाहरु बढ्दै गएको प्रहरी अधिकृतहरु बताउँछन्।

समाजले पीडकहरुलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ। समाजमा अहिले पनि जबरजस्ती करणीका घटनाहरु मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरुको मनोबल बढेको देखिएको छ। पीडितका परिवारले पनि आफ्नो इज्जतसँग जोड्ने र कानुनको दायरामा आउनुभन्दा मिलापत्रै गरेर टुंंग्याउने गरेका कारण पनि यस्तो समस्या बढ्न गएको कतिपयको तर्क छ।दिनेशखबरबाट

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑