• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मार्तडी बजारमा अबेरसम्म घन्किदै तिजका गित,गल्लिगल्लीमा जताततै कोलाहल

खप्तड मालिका न्युज September 4, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्लाको सदरमुकाम मार्तडी बजारका बिभिन्न चोक अनि गल्लीगल्लिमा यतिबेला नाचगान चलेको छ । हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तिज आएसंगै यतिबेला सदरमुकाम लगायत आसपासका ठाउँमा तिजका गितहरु घन्किएका छन् । तिजका गित संगै महिला दिदीबहिनीहरु नाच्न ब्यस्त छन् । राति अबेर सम्म पनि तिजका गितहरुमा महिला दिदीबहिनीहरु नाचिरहेका छन् । तीज आउन २ दिन बाँकी रहेपनि जिल्ला सदरमुकाम लगायत आसपासका गाउँठाउँमा हप्तादिन अगाडी देखिनै तिजको रौनकता छाएको हो ।राति अबेरसम्म बजारको गल्लिगल्ली अनि चोकमा तिजका गित संगै कोलाहल मच्चिन थालेको छ ।बेलुकीपखको समयमा अबेरसम्म पनि तिजका गितहरु चोकचोमा घन्किएका हुन्छन् । राति अबेरसम्म पनि तिजका गितहरु घन्किने हुँनाले सदरमुकामको वातावरणमा केहि असर समेत पर्दे गएको छ । अबेरसम्म पनि गितहरु बज्ने हुँदा अनैतिक क्रियाकलापहरु बढ्ने सक्ने सम्भावना देखिएको छ । तीज आउँनु भन्दा एकहप्ता अगाडी नै महिलाहरु रातो सारीसहित गरगहना पहिरिएर नाचगान गर्न हिँडेका देखिन्छन् । तीजकै अवसरमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँ र होटलहरु समेत दर खानका लागि प्याक भएका छन्। भने बजारभित्र व्यापार व्यवसाय समेत फस्टाएको छ । तीजको अवसरमा जिल्ला सदरमुकाममा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुले पनि शुभकामना आदानप्रदान संगै नाचगानको कार्यक्रम गर्ने गरेका छन् ।यतिबेला तिजका मिठामिठा गितहरु लगाएर महिलाहरु नाचिरहेका छन् । तिजको लहर आयो बरिलै,चरि जैलैमा,आईन् आमा यो तिजैमा, हङकङको साडिले ,स्याङ्जा जाने बाटैमा तनहुँ,मन परेको मान्छे,भाउजुको हाईहाई,सेल्फि, झमझम झम्कना,आयौ चेली,बरिलै,लगायत  बिभिन्न गितहरु घन्काएर महिला दिदीबहिनीहरु रमाईरहेका छन् । मार्तडी बजारभित्रका प्रत्येक गल्लीमा हप्तादिन देखि साँझपख तीजका गीतहरु घन्किरहेका छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले हर्षोल्लासपूर्ण रूपमा मनाउँदै आएको चाड हरितालिका तिज यस बष भदौ २१ गते परेको छ । विशेष गरी काठमाडौँ उपत्यका र पहाडी भेगमा मनाइने यो चाडमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर तृतीयाको दिन सक्नेले निराहार, निर्जल व्रत बस्ने गर्छन। चौथीको दिन व्रतको पारायण गरेपछि पुनः पञ्चमीको दिन विशेष स्नान गरेर सप्तऋषिको पूजाआराधनापछि तिज सकिन्छ । यसरी हेर्दा यो चाड चार दिनसम्म मनाइन्छ ।
परापूर्व कालमा पार्वतीले आफूले चाहेको वर अर्थात् महादेवलाई पतिका रूपमा पाऊँ भनी कठोर तपस्या गरेको र त्यस्तो तपस्यामा लाग्नका लागि साथीसङ्गीहरूले पार्वतीलाई साथ दिएर (हरेर लगेको) प्रसङ्गका आधारमा यसलाई हरितालिका भन्ने गरिएको धार्मिक कथन छ । पार्वतीले कठोर तपस्या गरिरहँदा प्राण मात्र धान्नका लागि रातमा केवल एक कोसा केरा दरको रूपमा खाएको प्रसङ्ग कथाको रूपमा पुस्तान्तरण हुँदै आएको छ ।तिज नजिकिएसंगै देशभर महिला दिदीबहिनीहरु रातो सारी चुरा पोते लगाएर छमछमी नाच्न थालेका छन् । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी पनि तिज निकै लागेको छ । जिल्ला सदरमुकाम मात्रै नभई जिल्लाका अन्य ९ वटै पालिकाका बिभिन्न बजारहरुमा तिजको रौनक छाएको हो । जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको कोल्टीमा पनि उस्तै तिजको रौनक छाएको छ । राति अबेर सम्म नाचगान गरेर रमाईलो गर्ने दिदीबहिनीहरुमा प्रचलन रहेको छ । परम्परागत रूपमा तिजको व्रत महिलाले मात्र बस्ने चलन छ तर व्रतको मियोको रूपमा भने पुरुष नै रहने गरेको छ ।त्यस्तै खासमा तिज पर्व महिलाले मनाउँने चाड भएपनि अहिले तिजको अबसरमा पुरुषहरु पनि छमछमी नाच्ने गरेका छन्।
मार्तडी बजारमा तिजको रमझम अब्यबस्थित
मार्तडी बजारमा तिजको रमझम अब्यबस्थित रहेको छ । बजारका बिभिन्न ठाउँठाउँ अनि गल्लीहरुमा जताततै ठुलो आवाजमा तिजका गितहरु बजेका सुनिन्छन् भने पुरुषहरु पनि बिचबिचमा गएर नाच्ने,कोहि रक्सि सेवन गरेर अन्यथा बोलेर तिजलाई बिथोल्न खोज्ने कामहरु चलेका हुन्छन् । राति ढिलासम्म पनि तिज हुने भएकाले तिजकै मौका छोपेर सबै तिज हेर्न गएको बेला भोरीका घटना समेत बढ्न सक्ने र अनैतिक क्रियाकलाप हुन सक्ने जोखिम रहेको छ । बजारको जताततै राति अबेरसम्म् पनि तिज हुने गरेको भए पनि यता सरोकारवाला निकाय भने मौन देखिएका छन् । राति अबेरसम्म पनि ठुलो आवाजमा तिजका गित बजेका ठाउँमा जम्मा हुने महिला र पुरुषको संख्या पनि जति राति भयो त्यती नै बढ्ने गरेको पाइएको छ । बजारभरी जताततै अंगालो हालेर केटाकेटी हिडिरहेका पनि देख्न सकिन्छ । राति अबेरसम्म जथाभावी गल्लीगल्लीमा ठुलो आवाजमा बज्ने गितहरुले नराम्रो वातावरण सिर्जना भएको पाइन्छ । यसमा सबैले ध्यान दिन जरुरी रहेको देखिन्छ ।

पछिल्लो समय तिज मनाउने शैलि फरक
पछिल्लो समय बाजुरा मात्रै नभई देशभर तिज चाड मनाउने शैलीमा परिवर्तन देखिन थालेको छ । तिज सुरु हुनुभन्दा केही साताअघिदेखि नै गाउँघरका सामुदायिक भवन वा चौर, चौतारा वा सहरबजारका औपचारिक अनौपचारिक कार्यस्थल जताततै तिजमय भएको देखिन्छन्। तिजका नाममा पार्टी प्यालेस, रेष्टुराँ र सानाठुला होटलमा भोज पाक्न थालेका छन्  । यो वर्ष पनि तिज सुरु हुनुभन्दा एकदुई हप्ता अगाडी नै तिजको रौनक बढेर राति अबेरसम्म जताततै नाचगान गर्ने प्रबृति बढेको छ ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑