गोबिन्द्र राज तिमिल्सेना(कुसुम कान्छोका) पाँच मुक्तकहरु
१ः
निस्कियो मुखबाट उसलाई यार भन्दिए
फेरी जान्दा जान्दै पनि लगातार भन्दिए
अनेक थरी जालझेल गरेर जित्नु भन्दा ,
उसकै जित भयो अनि मैले हार भन्दिए ।।
२ः
तिम्रो जस्तो अरुको सम्पत्ति लुट्न मलाई आउँदैन्
डर धम्की देखाएर मान्छेहरु कुट्न मलाई आउँदैन्
जुनिजुनी सम्म पनि एकसाथ भएर हिड्ने मान्छे हु,
तर तिमी जस्तो बाटो मोडेर छुट्न मलाई आउँदैन्।।
३ः
दिनभर काम नगरेर फत्ताउँनु कसले सिकायो
घरिघरी अरुकै बारेमा गाउँनु कसले सिकायो
अघिपछि अरुको त वास्ता नै नगर्ने तिमिलाई,
दुःख पर्दा मात्रै नजिक आउँनु कसले सिकायो।।
४ः
टाढा गए नि फेरी आउँनु तिमिले पर्छ
अन्तमा मेरै हात समाउँनु तिमिले पर्छ
भनेको मान्छौ भने ठिकै छ केही हुन्न,
नत्र जुनिभर दुस्ख पाउँनु तिमिले पर्छ।।
५ः
आखिर मलाई कसैको घर चाहिदैन्
गाउँ घरमै बस्छु कुनै शहर चाहिदैन्
भो तिमी नहुँदा पनि बाच्न सक्छु म,
अब- तिमि पाउँन कुनै वर चाहिँदैन्।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर