बाजुराः त्रिवेणी नगरपालिमा भाद्र २ गतेका दिन सार्वजनिक विदा हुने भएको छ । नगरपालिकामा साउन २४ गते बसेको बैठकले भदौ २ गते आईतबारका दिन सार्वजकि विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकास्थित प्रसिद्ध पर्यटकीय तिर्थ स्थल तथा धार्मिक आस्थाको धरोहर बडीमालिका माताको मन्दिरमा पुजा हुने भएकोले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि शाहले बताएका छन् ।प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार भदौ २ गते आइतबारका दिन पालिका अन्तरगतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक तथा निधि विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका छन् ।
बाजुरा जिल्ला र देशकै प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रको धरोहर बडीमालिकामा साउन शुल्क चतुर्दशीका दिन बडिमालिका मेला लाग्दैछ ।बडिमालिकाको दर्शनको लागी जिल्ला भित्र लगायत बाहिर जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउँने गर्छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर