
गोबिन्द्र राज तिमिल्सेना,श्रावण २३ ,बाजुराः विद्यालयको गेटमै पहिरो जाँदा पठन-पाठनमा समस्या भएको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर.७ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालयको गेटमै पहिरो जाँदा बिद्यालयको पठन-पाठनमा समस्या भएको हो ।
जिल्ली पहिराले गर्दा बिद्यालयको गेटमै पहिरो गई आवतजावत गर्ने समेत बाटो अबरुद्ध भएकोले बिद्यालयको पठनपाठनमा समस्या भएको बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जोशीले बताएका छन् । रातभरको अबिरल बर्षातले गर्दा बिद्यालयको प्रबेशद्धारमै पहिरो गई बिद्यालय भित्र प्रबेश गर्न समेत समस्या भएको प्रधानाध्यापक जैशीले बताए । गेटमै पहिरो जाने सम्भावना निकै थियो,रातभर लगातार बर्षात भएका कारण पहिरो गई समस्या भएको उनले बताए ।बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले बिद्यालय जानको लागी बनाएको बाटो समेत पहिराले बगाउँदा अहिले पठन-पाठनमा समस्या भएको बिद्यालयले जनाएको छ । जिल्लीमा असार १७ गते राति आएको अविरल बर्षातले पहिरो गई सडक अबरुद्ध भएको थियो । पहिराले वरपरको सडक भाँसिने क्रम जारी रहेको छ । सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि वरपरको जमिनको माटो पनि बग्ने क्रम जारी रहेको हुँदा बिद्यालयको गेटमै पहिरो पुगेर बाटो अबरुद्ध भएको बताइएको छ ।
बिद्यालय नजिकैको गेटमा पहिरो गएकोले अहिले बिद्यार्थीहरुलाई बिद्यालय हाताभित्र प्रबेश गर्न समेत समस्या भएको बिद्यालयका शिक्षक प्रेमलाल पाध्यायले बताएका छन् । केहि समय अगाडी बिद्यार्थी र शिक्षकहरुले बिद्यालाय जानको लागी बाटो निमार्ण गरेका थियौ,तर रातभरको बर्षातले गर्दा पहिरो गई उक्त बाटो समेत अबरुद्ध भएकोले अहिले बिद्यार्थी लगायत अन्य ब्यक्तिहरुलाई बिद्यालयमा जान समेत समस्या भएको शिक्षक पाध्यायले बताए । पहिरोले गेटमै असर पुर्याए पछि अहिले पठन-पाठनमा समस्या भएको उनले बताए । जिल्लीमा पहिरो गई सडक अबरुद्ध भएको पाँच साता बढी बितिसक्दा पनि अझै सञ्चालनमा आउँन सकेको छैन् । जसले गर्दा दैनिक बिद्यार्थी लगायत यातायातका साधन, यात्रुहरुलाई सास्ति भएको छ । अबरुद्ध सडक १ महिना बढी भई सक्दा पनि सञ्चालनमा भने आउँन सकेको छैन्।जिल्ली पहिराले गर्दा हरेक बर्षातको समयमा लक्ष्मी माविका बिद्यार्थीहरुले समस्या झेल्दै आईरहेका छन् ।
सडकको माथिबाट ठुलो पहिरो गएको छ ,सडकमा हिड्न समेत जोखिम छ,त्यसैमा स साना बालबालीका लगायत बिद्यार्थीहरुलाई समस्या भईरहेको लक्ष्मी माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बताएका छन् । अन्य बिद्यालयमा धमाधम पढाई सञ्चालन भईरहेको छन् । हाम्रो बिद्यालयमा पहिरोले गर्दा पठनपाठनमा समस्या भईरहेको छ उनीहरुले बताएका छन् । रातभरको बर्षातले बिद्यालयको गेटमै पहिरा जाँदा अहिले झनै समस्या भएको बिद्यार्थीहरुले बताएका छन् ।जिल्लीमा पहिरो गएको धेरै भयो,जसको रोकथामको लागी अहिलेसम्म कहिँकतैबाट पहल समेत भएको छैन्,पहिरोले बिद्यालाय पनि उच्च जोखिममा छ बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जोशीले बताए । पहिराले गर्दा हरेक बर्षातको समयमा बिद्यलायले ठुलो समस्या झेल्दै आईरहेको र दैनिक बिद्यालयको पठन-पाठनमा समस्या हुँदै आएको प्रधानाध्यापक जैशीले बताए ।जिल्लीमा पहिराले सडक अबरुद्ध भएको करिब पाँच साता बितिसक्दा पनि सञ्चालनमा नआउँदा दैनिक यातायातका साधन लगायत मानिसहरुलाई सास्ती खेप्नु परेको छ । रातभरको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि अबरुद्ध भएको सडक सञ्चालन गर्न निकै समस्या भएको छ । रातभर लगातार पानी पर्दा पहिरो पन्छाउन निकै समस्या भएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।
अबरुद्ध सडक पाँच साता पुगीसक्दा पनि पनि अझै सञ्चालनमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन्।लगातारको बर्षातले गर्दा सडक खुलाउन नसकिएको अधिकारी पौडेलले बताए । सडक अबरुद्ध भएको पाँच साता बित्यो तर पनि सडक सञ्चालन गर्न सकिएको छैन् उनले बताए ।सडकले गर्दा जिल्लीमा रहेको लक्ष्मी माध्यामिक बिद्यालयको पढाई समेत प्रभावित हुँदै आएको उनले बताएका छन् । रातभरको बर्षातले गर्दा बिद्यालयको गेटमै पहिरो जाँदा पठनपाठनमा समस्या भएको उनले बताए ।जिल्लीमा अबरुद्ध भएको सडक सञ्चालनको लागी यता बडीमालिका नगरपालिकामा सोध्दा पानी पर्ने क्रम नरोकिएकोले सडक सञ्चालन गर्न कठिनाई भईरहेको नगरपालिकाले जनाएको छ ।सडक सञ्चालन गर्नको लागी सडक अबरुद्ध भएको दिनमै प्रहरी,शसस्त्र,लगायतको टोली परिचालन गरीएको भएपनि बर्षातले पहिरो बग्ने क्रम नरोकिए पछि सडक खुलाउन सकस भएको नगर प्रमुख अमर खड्काले बताएका छन् । पहिरो बग्ने संगै पानी पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको उनले बताए ।
सडक अबरुद्ध भएको पाँच साता बितिसक्दा पनि सडक अझै सञ्चालन गर्न नसकिएको प्रमुख खड्काले भनाइ रहेको छ ।एकपटक पहिरो पन्छाए पनि फेरि अबरुद्ध हुने अबस्था हुँदा सडक सञ्चालनमा आउँन नसकेको उनले बताए । करिब पाँच साता बढी सडक अबरुद्ध हुँदा सदरमुकाम मार्तडी देखि कोल्टीसम्मको यातायत सेवामा समस्या भईरहेको नगर प्रमुख खड्काले बताए । साथै पहिराले लक्ष्मी माध्यामिक बिद्यालयको दैनिक पठन-पाठनमा चुनौती थपिदै आएको उनले बताए । सडक सञ्चालन गर्न अन्य बैकल्पिक उपायको बारेमा जिल्ला स्थित सरोकारवाला निकाय लगायत सुरक्षाकर्मीहरुसंग समन्वय सहकार्य भईरहेको खड्काले बताएका छन् ।सुदुरपश्चिमको गौरवको आयोजना मार्तडी कोल्टी सडकखण्ड हरेक बर्षातको समयमा अबरुद्ध हुदै आएको छ । उक्त ठाउँमा पहिरो बग्न थालेको करिब दुई,तिन बर्ष बितिसक्दा पनि पहिरो बग्ने क्रम रोकिएको छैन् । हिउँदको समयमा पनि बग्ने पहिरो बर्षातको समयमा झन बढी बग्न थालेपछि यातायातका साधन लगायत दैनिक मानिसहरुको आवतजावतमा समस्या भएको छ ।
सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । बर्खा लागेसँगै सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा जिप यात्रु लगायत स्थानिय नागरीकहरुले सास्ती व्यहोर्दै आएका छन् ।लामो समयसम्म पनि सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समस्या हुदै आएको छ ।सडकमा खसेको पहिरो पन्छाउन नसक्दा मार्तडी – कोल्टि सम्म चल्ने सवारी साधन लगायत मानिसहरुको आवात-जावतमा समस्या हुँदै आएको छ ।सडक माथिबाट पहिरो बग्न थालेपछि सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी -उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबाहाक सवारी साधन ठप्प भएका छन् ।पहिरोले खेतीयोग्य जमिन पहिरोले बगाउँदा जिल्ली बासी निराश भएका छन् ।करिब तिन बर्ष भयो पहिरो बग्न थालेको,बर्षातको समयमा झनै बग्न सुरु हुँदा खेतीयोग्य जमिन बगाएर नदिमा मिसाउँदा चिन्ता थपिएको जिल्ली बासीहरुले बताएका छन् ।
पहिराले लक्ष्मी माध्यामिक बिद्यालायको गेटमै असर पुर्याएर पठन-पाठनमा समस्या भईरहेको छ ।भने सिंगो बिद्यालाय पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले बिद्यालयको गेटमै असर पुर्याउँदा बिद्यालयको पठन-पाठमा समस्या भएको बताइएको छ । पहिराले बिद्यालयको प्रबेशद्धारमै बनाइएको बाटो भत्काउँदा अहिले बिद्यालय भित्र प्रबेश गर्न समेत मुस्किल परिरहेको र जसले गर्दा बिद्यालयको दैनिक पठन-पाठनमा समस्या हुने सम्भावना बढेको बिद्यालयले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर