गोबिन्द्र राज तिमिल्सेना,श्रावण २२,बाजुराः सुदुरपश्चिमको गौरवको आयोजना मार्तडी-कोल्टि सडकखण्डको बडिमालिका नगरपालिका वडा. नं ७ जिल्ली दानचौरमा असार १७ गते राति आएको अविरल बर्षातले पहिरो गई सडक अबरुद्ध भएको १ महिना भन्दा बढी बितिसक्दा पनि अझै सञ्चालनमा आउँन नसक्दा यातायातका साधन लगायत यात्रुहरुलाई सास्ति भएको छ । अबरुद्ध सडक १ महिना बढी भई सक्दा पनि सञ्चालनमा भने आउँन सकेको छैन्।
सडक अबरुद्ध भएको करिब ३६ दिन अर्थात पाँच साता बितिसक्दा पनि सञ्चालनमा नआउँदा दैनिक यातायातका साधन लगायत मानिसहरुलाई सास्ती खेप्नु परेको छ । रातभरको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि अबरुद्ध भएको सडक सञ्चालन गर्न निकै समस्या भएको छ । रातभर लगातार पानी पर्दा पहिरो पन्छाउन निकै समस्या भएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।अबरुद्ध सडक पाँच साता पुगीसक्दा पनि पनि अझै सञ्चालनमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन्। लगातारको बर्षातले गर्दा सडक खुलाउन नसकिएको अधिकारी पौडेलले बताएका छन् । सडक अबरुद्ध भएको पाँच साता बित्यो तर पनि सडक सञ्चालन गर्न सकिएको छैन् उनले बताए ।
रातभर लगातार अबिरल बर्षा हुन थालेपछि सडक खुलाउन समस्या भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । सडक सञ्चालन गर्नको लागी नगरपालिका, प्रहरी,शसस्त्र,लगायतको टोली परिचालन गरीएको भएपनि रातभरको अबिरल बर्षातले पहिरो झन बग्न थालेपछि सडक खुलाउन सकस भएको नगर प्रमुख खड्काले बताएका छन् । पहिरो बग्ने संगै पानी पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको उनले बताए । सडक अबरुद्ध भएको पाँच साता बितिसक्दा पनि सडक अझै सञ्चालन गर्न नसकिएको प्रमुख खड्काले भनाइ रहेको छ । एकपटक पहिरो पन्छाए पनि फेरि अबरुद्ध हुने अबस्था हुँदा सडक सञ्चालनमा आउँन नसकेको उनले बताएका छन्। करिब ३६ दिन यता सदरमुकाम मार्तडी देखि कोल्टीसम्मको यातायत सेवामा समस्या भएको छ ।
गौरवको आयोजना मार्तडी कोल्टी सडकखण्ड हरेक बर्षातको समयमा अबरुद्ध हुदै आएको छ । उक्त ठाउँमा पहिरो बग्न थालेको करिब दुई बर्ष बितिसक्दा पनि पहिरो बग्ने क्रम रोकिएको छैन् । हिउँदको समयमा पनि बग्ने पहिरो बर्षातको समयमा झन बढी बग्न थालेपछि यातायातका साधन लगायत दैनिक मानिसहरुको आवतजावतमा समस्या भएको छ ।सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।बिचबाटोबाटै अर्को गाडी चढेर जानुपर्ने बाध्यता रहेको छ । अबरुद्ध सडकको वारीपारी सवारी साधनहरुको बाक्लो भिड रहेको छ । बर्खा लागेसँगै सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा जिप यात्रु लगायत स्थानिय नागरीकहरुले सास्ती व्यहोर्दै आएका छन् ।लामो समयसम्म पनि सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समम्या हुदै आएको छ । सडकमा खसेको पहिरो पन्छाउन नसक्दा मार्तडी – कोल्टि सम्म चल्ने सवारी साधन लगायत मानिसहरुको आवात-जावतमा समस्या हुँदै आएको छ ।
सडकको सञ्चालनको लागी यता जिल्ला प्रहरी कार्यालय बाजुरामा सोध्दा प्रमुख जिल्ला अधिकारी,पालिकाका प्रमुख उपप्रमुख,प्रहरीको संयुत बैठक बसेर सडक सञ्चालनको बारेमा छलफल गरिसकेको तर लगातार पहिरो खसिरहने हुँदा सडक खुलाउन समस्या भएको प्रहरी नायव उपरीक्षक प्रमुख दिलिप कुमार गिरीले बताएका छन्। पहिरो एकपटक पन्छाए पनि फेरि लगातार पानी पर्दा अबरुद्ध हुने अबस्था रहेकोले सडक खुलाउने कि नखुलाउने दोधार रहेको उनले बताए । सडकको पहिरो एकपटक पन्छाए पनि फेरि उस्तै हुने अबस्था रहेकोले सडक सञ्चालनमा समस्या आएको गिरीले बताए ।अबिरल बर्षातका कारण करिब तीन साता बढि अबरुद्ध सडक सञ्चालन नहुँदा यातायातका साधन ठप्प रहनुका साथै मानिसहरुको आवतजावतमा पनि समस्या भएको गिरीले बताए ।सडक माथिबाट पहिरो खसेपछि जिल्लाको पुर्वी उत्तरी भेगमा रहेका चारवटा पालिकामा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ ।
सडक माथिबाटपहिरो बग्न थालेपछि सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् । दिनभर केहि मौषममा सुधार पहिरो रोकिए तापनि रातभरको अबिरल बर्षातले गर्दा झनै पहिरो बग्न थालेपछि समस्या सिर्जना भएको हो । पहिरोबाट जिल्लीबासीहरुका जग्गा जमिन समेत बगाएर नदिमा पुर्याएको छ । खेतीयोग्य जमिन पहिरोले बगाउँदा जिल्ली बासी निराश भएका छन् । करिब तिन बर्ष भयो पहिरो बग्न थालेको,बर्षातको समयमा झनै बग्न सुरु हुँदा खेतीयोग्य जमिन बगाएर नदिमा मिसाउँदा चिन्ता थपिएको जिल्ली बासीहरुले बताएका छन् । पहिरो आसपास लगायतका क्षेत्रहरु उच्च जोखिममा रहेका छन् भने परिहोका कारण लक्ष्मी माध्यामिक बिद्यलाय पनि उच्च जोखिममा रहेको छ । पहिरोले ठुलो आकार ओगेट्दा बिद्यालय पनि जोखमिमा परेको हो । पहिरो गएको लामो समय बितिसक्दा पनि यसको रोकथामको लागी कुनै पहल नहुँदा बर्षातको समयमा पहिराले सताउन थालेको छ ।
पहिरोले लक्ष्मि माध्यामिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई समस्या भएको छ । जिल्लिबाट यता दानचौर बिद्यालयमा पढ्न आउँने बिद्यार्थीलाई समस्या भएको हो । पहिरोको डरै डरले बिद्यार्थीहरु बिद्यालय आउँने गरेका छन् भने स- साना बालबालिका भने समस्या हुने गरेको छ । पहिरोले बिद्यालयको पढाइ प्रभावित बनाएको बिद्यालयका प्रधानाध्यापक लालचन्द जैशिले बताएका छन्। पहिरोले बिद्यालय उच्च जोखिममा रहनुका साथै बिद्यार्थीलाई बिद्यालय आउँन जान पनि सकस भएको उनले बताएका छन्।जब बर्षातको समय सुरु हुन्छ,पहिरो बग्न थाल्छ। पहिरो लगातार बग्दा बिद्यालय बन्द गर्नु पर्ने अबस्था आउँने गरेको जैशिले बताए । बर्षातको समयमा पहिरो बग्न सुरु हुदा मात्रै स्थानिय सरकार तथा जनप्रतिनिधिहरु कान ठाडा बनाउँछन्,अघिपछि पहिरोको बारेमा कुनै चासो नै देखाउदैनन्,जब बर्षात सुरु भई स्थानियका जग्गा जमिन बगाएर सडक अबरुद्ध हुँदा मात्रै स्थानिय सरकारको ध्यान जान्छ स्थानियले बताएका छन् ।पहिरोका कारण मार्तडी कोल्टी सम्मको यात्रामा असहजता भएको छ । माथिबाट ठुलो पहिरो बग्न थालेको छ यातायातका साधन पनि वारपार गर्न असहज भएको छ । बर्षायाम सुरु हुँदै गर्दा सडकको हालत निकै नराम्रो भएको छ ।
पहिरोको रोकथाम को लागी बिभिन्न कार्य अगाडी बढाए पनि बर्षायाम सुरु हुने बितिक्कै पहिरो बग्न लाग्दा समस्या हुने गरेको बडिमालिका नगरपालिका वडा.नम्बर.७ का वडाअध्यक्ष धर्मराज पाध्याले बताएका छन । पहिरोको रोकथाम तथा समस्या समाधानको लागी पहल गरीएको भएपनि समस्या समाधान नभएको अध्यक्ष पाध्यायले बताएका छन् ।असार १७ गते राति आएको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि सडक अबरुद्ध भई पाँच साता बितिसक्दा पनि अझै सडक सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष पाध्यायले बताए । पहिरो पन्छाउन प्रयास भईरहेको तर बर्षातले गर्दा समस्या भईरहेको उनले बताए ।सडक अबरुद्ध हुँदा माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भएको छ। बर्षातको समय हुँदा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको हो । पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । पहिरो बग्न सुरु भएको करिब तिन बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।
अबरुद्ध सडक पाँच साता बितिसक्दा पनि अझै सञ्चालनमा आउँन नसक्दा दैनिक यातायात लगायत स्थानियलाई वारपार गर्न निकै मुस्किल पर्दै आएको छ ।सडक अबरुद्द भएको लामो समय बितिसक्दा पनि सडक खुलाउने कुनै प्रयास नहुदा स्थानिय महङ्गिको मारमा परेका छन् भने दैनिक कष्टकर यात्रा गर्न बाध्य रहेका छन् । मार्तडी – कोल्टि सडकखण्डको बिचबिच ठाउँमा सडक अबरुद्ध भएपछि पुर्वि उत्तरी भेगका चार वटै पालिकाका नागरिक संगै छिमेकी जिल्लाका नागरिकलाई पनि समम्या भएको छ । अबरुद्ध सडक सञ्चालन नहुदा मार्तडी देखि कोल्टि सम्म सामान ढुवानीमा समेत समस्या हुँदै आएको छ ।अबरुद्ध सडक चाडो भन्दा चाडो सञ्चालन गरि यात्रालाई सहज बनाउँन नागरिकहरुले माग गरिरहेका छन् ।सडक अबरुद्ध भएको पाँच साता बितिसक्दा पनि सञ्चालनमा नआउँदा दैनिक यातायातका साधनहरु लगायत स्थानियको आवतजावतमा समस्या हुँदै आईरहेको छ । सडक अबरुद्ध भएको लामो समय बितिसक्दा पनि स्थानिय सरकार भने मौन रहेको छ । डोजरले पहिरो पन्छाउन सकिने भएपनि कसैले पनि पहल नगर्दा सडक जस्ताको त्यस्तै रहेको छ । सडक अबरुद्ध हुँदा मार्तडी देखि कोल्टी सम्म सामाग्री ढुवानीमा समस्या हुनुका साथै स्थानिय महंगीको मारमा परेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर