
पारस भट्ट प्यासी ,सुदुरपश्चिम बैतडी
मेरा काम धेखि वर ,दुनियाँ भ्यो भिसो
कसो मु अभागी रैछु, मु कि भयो इसो
देशबिदेश माहोल तात्यो हल्ला भयो इति
को जाणलो सोचि रैथिउँ ,मेरि कुटनिती
गलत कर्म गर्यो भण्या , हुन्छ मानहानी
इथ उथ ट्याकटुक गर्न्या हौइगै मेरि बानी
हण काम्यो निन बिगणी चिन्ता भयो खुब
भाइर फेर झन्या बेला, कस्या मुख धेकुँब
भौतैले बिचार लेख्यो , झाणिदियो सेकि
गाउँल्यानै रिस गर्यो , लुटि खया धेकी
एक केटाले रक्सी खया, पोर न्युज आयो
तैबेला हाँस्या थिउ मुलै ऐल चिन्ता छायो
दुई नम्बरका अध्यक्षका , पाछा पाछा पणि
नेतालाई फौन पनि गर्या, तै फसाइ द्य भणी
लेख्द मात्रै नाइ सक्याथ्या ,को के भन्छ डर
तो केटा गट्टोइ हो भण्या, भौती गवाँज घर
लेख्द्या हन हेप्द्या हन, अन्याय भयो भनी
गलत नसुच्चु रैछ , अरु मान्छ्याइ पनि
हाण मासु रगत निकौइ , गलत मेरा कर्म
अब मैले बुझ्नुइ पण्यो , जिन्दगीको मर्म
कुराकानी ठाउँ ठाउँमा कति भै कति भै
पाँसोलाई मरुँकि भयो मेरि बेजती भै
लेखकः पारस भट्ट प्यासी ,सुदुरपश्चिम बैतडी


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर