
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सुदुरपश्चिम बैतडी जिल्लाको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बैतडीकी भाइरल भनेर चिनिने बाल गायिका कल्पना बिष्टको दोहोरी गित “मौरी रसैमा”(भिडियोसहित) साङ्गितिक बजारमा आएको छ ।
बिहिबार गायक अर्जुन सापकोटाको युट्युव च्यानल मार्फत “मौरी रसैमा” बोलको गित सार्वजनिक भएको हो । स्वरमा जादु रहेकी बिष्टको पहिलो दोहोरी गित साङ्गितिक बजारमा आएको हो ।पत्रकार भोजराज थापा संग काठमाडौ गएपछि साङ्गितिक बजारमा आएको उनको यो पहिलो दोहोरी गित रहेको छ । रबिन लामिछानेको लय तथा शब्द रहेको उक्त दोहोरी गीतमा बाल गायिका कल्पना बिष्टसंगै गायक अर्जुन सापकोटाले आवाज दिएका छन् । गितमा संगित गायक अर्जुन सापकोटाको रहेको छ भने उक्त गितको एरेञ्जर कृष्ण बि.क.ले गरेका छन् ।गितको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।
खुमन राना र सुमन रानाले रेकर्ड गरेको उक्त गितमा भिडियो इडिटर कलर मिलन बि.क.को रहेको छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको उक्त गितमा बाल गायिका कल्पना बिष्ट गायक अर्जुन सापकोटा लगायतको अभिनय रहेको छ।बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बाल गायिका बिष्ट यसअघि सामाजिक सञ्जाल लगायत टिकटकमा गित गाएर भाइरल भएकी थिइन् । स्वरमा जादु रहेकी बिष्टको आवाज सामाजिक सञ्चालमा निकै चर्चामा रहेको छ भने उनले यो भन्दा अगाडी गितहरु गाइसकेकी छन् भन बिभिन्न लाइफ दोहोरी गित पनि गाएकी छिन् ।
साथै उनको आवाज सगुन अनलाइन टीभी मार्फत प्रशारण समेत गरिएको थियो । पछिल्लो गायिका कल्पनाको स्वरमा रहेका गीतहरु सबैले मन पराउँन थालेका छन् । बाल गायिका बिष्ट अहिले सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल भएकी छिन् भने उनको श्वरको चारैतिर चर्चा पनि हुने गरेको छ ।सानै उमेरमा निकै नै अदुभत कला भएको उनमा अहिले सबैले प्रशंशा गर्न थालेका छन् । नँया प्रतिभाको खोजी गर्दे तथा भाइरल बाल गायिका बिष्टको अन्तरर्वाता लिन पत्रकार भोजराज थापा बालगाियका बिष्टको घर बैतडीमै पुगेर उनको श्वर निकै राम्रो मानेर उनकोनिम्ती केहि गर्छु भनेर उनलाई काठमाडौ लगेर गित रेकर्ड समेत गराएका छन् ।
अरु कसैले दिन नसक्ने माया दिएर पत्रकार थापाले उनलाई सक्दो सहयोग गरेर काठमाडौ लगेर मिठो दोहोरी गित रेकर्ड गराएर अहिले साङ्गितिक बजारमा ल्याउन सफल गराईदिएका छन् । हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरमा मिठो आवाज भएकी बाल गायिका बिष्ट मिठो आवाजमा बिभिन्न गितहरु गुनगुनाउने गर्छिन उनले गुनगुनाएका गितहरुले मान्छे भावुक हुने गरेका छन् त्यति मिठो आवाज भएकी बाल गायिका बिष्टको पहिलो दोहोरी गित “मौरी रसैमा”साङ्गितिक बजारमा आएको छ ।
भोलिको नेपाली लोक संगीत क्षेत्रमा स्वरमा राज गर्न सक्ने सम्भावना भएकी बाल गायिका बिष्टका यो भन्दा अगाडी बिबी अनुरागीको लय तथा शब्द सिर्जनामा रहेको गीत “ बझाङ बाजुरा” त्यस्तै गायक बिष्णु खत्रीको लय तथा शब्द रहेको “ गैरिखेतलाई कुलो ” लगायत चर्चित गितहरु साङ्गितिक बजारमा आएका छन् भने कतिपय लाइफ दोहोरी गितहरु पनि गाएकी छन् ।
भिडियो यहाँ रहेको छ ….
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर