
बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिका–९ मा रहेको नेपाल टेलिकमकाे माेबाईल रिपिटर टावर तोडफोड गरिएको छ। अज्ञात समूहद्धारा पूर्ण रुपमा रिपिटर टावरमाथि तोडफोड भएको दुरसञ्चार शाखा बाजुराका प्रमुख लोक बहादुर खड्काले बताएका छन् ।

स्थानीयले बारम्बार तोडफोड गर्दा दुरसञ्चार कार्यालय बाजुराले सोलार पाता थपेर नियमित सुचारु गरेको भएपनि पुनः अज्ञात समूहले पूर्ण रुपमा ध्वस्त पारेको प्रमुख खड्काले बताएका छन् ।स्थानीयको मागलाई समाधान गर्न कार्यालय प्रमुख खड्का टावर भएको स्थानमा पुग्दा पूर्ण रुपमा ध्वस्त गरेको अवस्थामा फेला परेको हो ।
रिपिटर टावरमा तोडफोड हुँदा लाखौं मूल्य बराबरको उपकरणहरूमा क्षति भएको छ । तोडफोडबाट चार्जिङमा राखिएका सोलार प्यानल, ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, कन्ट्रोल बक्स, पावर केवल र अन्य उपकरणमा क्षति भएको छ ।
रिपिटर टावरमा तोडफोड भई सञ्चालन गर्न नमिल्ने भएपछि स्थानीयबासी सम्पर्कबाट विच्छेद भएका छन् । प्रहरीले तोडफोडमा संलग्न ब्यक्तिहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर