जय बहादुर रावत /धनगढी, १२ जेठ : सुदुर पश्चिमका ९ वटै जिल्लाका अनलाइन मिडियामा आवद्ध पत्रकारहरुलाइ धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो । पत्रकारले समय अनुकूलको पत्रकारिता गर्नु , आवश्यक र मागअनुसार आफुलाई पनि परिवर्तन गर्नु पर्ने हुन्छ, सोही बिषयलाई आत्मसाथ गरि कार्यक्रमको आयोजना गरिएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनमोहन स्वाँरले बताए।
उक्त अनलाइन पत्रकारीता कार्यक्रमकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिव सुशिल बैद्य बाट औपचारीक उद्घाटन सहित सुरु भएकाे हाे । प्रशिक्षण कार्यक्रम सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० जना पत्रकारको सहभागितामा रहेकाे छ । उक्त प्रशिक्षणा तालिम यहि जेष्ठ १३ गते सम्म संचालन गरिने भएकाे प्रेस युनियन सुदुर पश्चिम कार्यसमिति महासचिब हरिश भट्टले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर