• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गायिका मगरको बाजुरा महोत्सवमा धमाका, तताईन् माहोल

खप्तड मालिका न्युज May 21, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्लाको सदरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट सञ्चालनमा रहेको “बहसमा बार्जु,बाजुरा महोत्सव” २०८१ मा मंगलबार चर्चित लोकदोहोरी गायिका ज्योती मगरले प्रस्तुती दिदै महोत्सवको माहोल तताएकी छन् । मंगबार आफ्नो बजोड प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी छन् । मंगलबार साँझ बाजुराको चिसोचिसो मौषमलाई थप तातो बनाउँदै गायिका ज्योती मगरले प्रस्तुती मार्फत आगो बालेकी हुन् । दर्शकहरुको बाहुल्यताका कारण गायिका मगरले आफ्नो बेजोड प्रस्तुती दिदै स्टेज नै ताएकी हुन् । उनको प्रस्तुतीले महोत्सव स्टेज सम्हाल्नै गाह्रो समेत भएको थियो । दर्शकहरुको खचाखच भिडभाड र कोलाहलका कारण महोत्सव निकै रमाइलो भएको थियो ।
May be an image of crowd
बिशेषत ज्योति मगर भन्ने बित्तिकै चर्चाका लागी जे पनि गर्ने र नेपाली लोकगित संगित क्षेत्रमा बिकृती ल्याउने गायिका भनेर धेरै दर्शकहरुले बुझ्ने गरेका छन् त्यो सहि पनि हो । उनका महोत्सवमा प्रस्तुती दिने गतिबिधि मात्रै हेरेर सबै दर्शकहरुले त्यसो भन्नु पनि स्वभाबिक नै हो । गायिका ज्योति मगर छोटा लुगा लगाएर स्टेज चढ्ने,बिभिन्न गित संगितमा उत्तेजक अभिनय गरेर नाम्ँच्ने भएका कारण उनि चर्चा संगै बिरोधमा आउने एक गायिका समेत हुन् । तिनै चर्चामा आउने गायिकाले बाजुरा मोत्सवमा प्रस्तुती दिदै आम दर्शकहरुलाई मजोरञ्जन दिएकी छन् । उनको प्रस्तुतीले महोत्सवको महोल नै कोलाहल भएको हो । बिभिन्न चर्चामा आएका गित सुर्खेतमा बुलबुले जाउँला, जिम्बल बाउँकी छोरी,उही मुलाको सिन्की उही मुलाको चाना, पुस माघको जाडोमा सिरक ताना तान, चोरी खान पल्केको ढाँडे बिरालो, लगायतका दर्जनौ मिठामिठा गितहरु प्रस्तुत गरी महोत्सवलाई उनले भब्य बनाएकी हुन् ।
May be an image of speaker and crowd
बिशेषत स्टेज किङ्ग तथा हट गायिकाको रुपमा चिनिने चर्चित लोकदोहोरी गायिका मगरको प्रस्तुतीले महोत्सवको महोल एकाएक तातेको हो । उनले प्रस्तुती दिदै गर्दा कतिपय युवायुवतीहरु उफ्रिएर नाच्दै थिए भने कतिपय उनको प्रस्तुती हेर्न नसकी महोत्सव स्थलबाट बाहिर समेत आएका थिए । राष्ट्रिय स्तरसम्म मात्रै नभई अन्तराष्ट्रिय स्तरसम्म स्टेज किङ्गको उपनामले चिनिने गायिका ज्योती मगरले बाजुरा महोत्सवमा प्रस्तुती दिदै अन्य कलाकारहरुको भन्दा महोल नै फरक बनाई दिएकी हुन् । धेरैजसो अन्य लोकदोहोरी कलाकारको भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुती गर्देगर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिएको थियो ।
May be an image of one or more people, speaker, musical instrument and crowd

उनले युवाहरुलाई नै बिशेष केन्द्रित गरेर महोत्सवमा प्रस्तुती दिदै गर्दा कतिपय युवाहरु उनको प्रस्तुती बाट मन्त्रमुग्ध भएका थिए । गायिका मगर संगै ठुलो आवाजमा युवाहरु चिच्याईरहेको आवाज महोत्सव स्थलभित्र प्रस्ट सुनिन्थ्यो । उनको प्रस्तुतीले आम दर्शकहरुले निकै रमाइलोका साथ मनोरञ्जन गरेका थिए । करिब आधा दर्जन भन्दा बढी आफ्ना रमाइला रमाइला गीतहरु मार्फत मगरले प्रस्तुती दिएकी थिइन् । उनले प्रस्तुती दिदै गर्दा महोत्सवको महोल नै सम्हाल्न सुरक्षाकर्मिहरुलाई हम्बेहम्बे भएको थियो । युवाहरु धुलोमैलो संगै शरिरका कपडाहरु नै खोलेर नाचिरहेका थिए । मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा आजको दिन निकै उत्हास भएको थियो । गायिका ज्योति मगरको प्रस्तुती हेर्न प्राय महोत्सव स्थल भित्र युवा जमातहरुको बाक्लो उपस्थित रहेको थियो ।

May be an image of 6 people and people smiling
गायिका ज्योती मगरलाई बाजुरा महोत्सवमा ल्याइएको प्रति कतिले घोर बिरोध समेत गरेका छन् । हुनत त्यो पनि स्वभाविक नै हो अन्य मेला महोत्सवमा कतिको गाली कसैको ढुगां प्रहार सहनु परेको गायिका मगरलाई बाजुरामा बोलाइएको प्रति सामाजि संञ्जालमा टिकाटिप्पणी समेत भएका छन् । गाउँ ठाउँ अनुसारको परिवेश रहनसहन,लवाईखवाईमा मिल्ने अनुसारका कलाकार बोलाउनुको साटो दर्शकलाई हेर्न नमिल्ने,छाती खुलाएर प्रस्तुती दिने,जस्ता कलाकारहरुलाई बोलाइएकोमा कतिपयले बिरोध गरेका छन् । उसो त ज्योती मगर बाजुरामा मात्रै नभई अन्य देशभरिकै मेला महोत्सवमा उनले बेग्लै तरीकाले महोत्सवलाई थप रमाइलो गर्न र धेरै भन्दा धेरै दर्शकहरुको उपस्थित गर्नको लागी बिभिन्न तरीकाले प्रस्तुती दिने गर्छिन् । उनको चाहना भनेको धेरै भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गरुन भन्ने उदेश्यका साथ उनले प्रस्तुती दिने गर्छिन् ।
May be an image of one or more people, road, crowd and fog
गायिका मगरले प्रस्तुती दिदै गर्दा मगर मुसुक्क थिए भने अन्य दर्शकहरु भने भुतुक्कै भएका थिए । कतिपय दर्शकहरुले मगरको प्रस्तुतीले बाजुराको लोक संस्कृति मै विकृति ल्यायो भन्दै कुरा काटिरहेका थिए । कलाकारलाई प्रोत्साहन गदैगर्दा झन विकृति फैलिन सक्छ भनेर बताइरहेका थिए । ठाउँ अनुसारको सुहाँउदो कलाकार ल्याउने र बिकृति फैलाउने कलाकारहरुलाई ल्याउन नहुने उनको भनाई रहेको थियो ।गायिका मगरले बाजुरा महोत्सवमा प्रस्तुती दिदै हंगामा मच्चाएकी हुन् । उनको प्रस्तुतीले महोत्सव स्थल कसैको लागी मसुक्क भएको थियो भने कसैको लागी भुतुक्कै भएको थियो । प्रस्तुती दिन गायिका स्टेज पुग्ने बितिक्कै महोत्सव स्थलमा निकै नै कोलाहल मच्चिएको थियो । युवाहरुको जमात थामी नसक्नु जस्तो भिड लागेको थियो ।
May be an image of 4 people and people smiling
गायिका मगरले गाउँदै नाच्दै गर्दा दर्शकहरुले पनि बजोडका साथ हुटिङ गर्दै नाँचेका थिए । गायिका मगरको प्रस्तुती हेर्नको लागी आज महोत्सव स्थल भित्र दर्शकहरुको थेगिनसक्नु भिड रहेको थियो । आजसम्मकै सबैभन्दा बढी दर्शक महोत्सव स्थल भित्र देखिएका थिए । गायिका मगरको प्रस्तुति हेर्नकै लागी महोत्सव स्थल दर्शकले खचाखच भरीएको थियो । आफ्नो प्रस्तुती अबधिभर मिठामिठा गित सुनाएर गायिका मगरले धुम मच्चाएकी हुन् । गायिका मगरले गित मिठा गित सुनाउँनुका साथै कडा नाचेर पनि दर्शकहरुलाई मनोरञ्जन दिएकी हुन् । उनको गित सुन्न तथा उनले नाचेको हेर्नका लागी महोत्सवमा धेरै भन्दा धेरै दर्शकहरुको उपस्थित रहेको थियो । महोत्सव स्थल दर्शकहरुलले खचाखच भए संगै गायिका मगरले स्टेज तताउँदै कडा रुपमा गितहरु प्रहार गरेकी थिइन् । उनले प्रस्तुती दिनको लागी स्टेजमा जाने बितिक्कै चारैतिर वाट ज्योती,ज्योती भन्दै वाह,वाह आवाज आईरहेको थियो । दर्शकहरुको भिडलाई सुरक्षाकर्मिहरुले सम्हाल्नै सकेका थिएनन् । दर्शकहरुको निकै बाहुल्यताका कारण महोत्सव निकै रमाइलो भएको थियो । दर्शकहरुको खचाखकका कारण ससाना बालबालीका तथा बुढाबुढीहरुलाई निकै सकस भएको थियो ।
May be an image of 4 people
गायिका मगरको गित प्रस्तुत गर्ने चर्तिकला देखेर कयौँ दर्शकहरुले दुखेसो समेत पोखेका थिए । बाजुरा तथा सृुदुरपश्चिममा जन्मिएका कलाकारहरुलाई माया गर्नुको साटो समाजको बिकृति फैलाउने गित संगितको नाममा अनेको चर्तिकला देखाउने कलाकारहरुलाई निम्त्याइएको प्रति आयोजक लाई सामाजि सञ्जालहरुमा कतिपयले गादी गलोज समेत गरेका छन् । नजिकको तिर्थ होला भने झै बाजुरामा जन्मिएका मिठामिठा कला प्रतिभा भएकाहरुलाई स्थान नदिई संगितको नाममा बिकृत फैलाउने कलाकाहररुलाई बोलाएको प्रति सबैले दुखेसो पाखेका छन् । हुनत् यसमा आयोजकको नै दोष भन्न पनि मिलेन बाजुरा महोत्सवमा गायिका मगरलाई बोलाउनु आयोजकको गलत भएपनि गायिका मगरको गित प्रस्तुत गर्ने र अनेकौ चर्तिकला देखाउने कुरा स्वयम् गायिका मगरको नै गलत भएको आयोजकले जनाएको छ । हामीले बोलाउनु पुर्व गायिका मगरलाई यहाँको रहनसहन अनुसार पहिरहन गरेर आउँनु यहाँको संस्कृति संग मिल्ने गितहरु प्रस्तुत गर्नु भनेकै थियौ ।उहाँको गित प्रस्तुत गर्ने तरीका नै फरक रहेकाले यसमा कसले केहि गर्न नसक्ने आयोजकले दाबी गरेको छ ।

जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त गत बैशाख २८ गतेबाट महोत्सव संञ्चालनमा रहेको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको भनाई रहेको छ ।आज महोत्सवको बाह्रौ दिन मंगलबार चर्चित गायिका ज्योती मगर,(हास्यकलाकार) गुड्डु वली (बाजुरेली बज्यै) मोडल राजेश पायल बि.क. लगायत अन्य स्थानिय कलाकारहरुका बजोड प्रस्तुती रहेको प्रतिष्ठानका अध्यक्ष हर्क खडायत बताएका छन् । महोत्सवमा कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,देउडा लगायत अन्य खेलहरु पनि पर्दशनी भएका छन् ।
May be an image of crowd and temple
त्यस्तै महोत्सवमा एकल गायन, बिभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,निबन्ध प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता,सञ्चालन भएका छन् । महोत्सवमा स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑