
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सदरमुकाम मार्तडीमा संञ्चालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा हिजो प्रस्तुती दिएका चर्चित बाजुरेली देउडा गायक कोकल कण्ठि श्वरका धनी प्रकाश थापाका मर्म स्पर्सी देउडा तथा ठाडी भाका गितबाट महोत्सव हेर्ने दर्शकहरुका आँखा रसाएका थिए । बिगत लामो समयदेखि देउडा क्षेत्रमा आबद्ध बाजुरेली देउडा गायकले हिजो महोत्सवमा प्रस्तुती दिदै आम दर्शक बुबा आमा दाजुभाई तथा दिदीबहिनीहरुलाई रुवाउनु भएको हो । देउडा क्षेत्रमा राष्ट्रिय स्तर सम्म आफ्नो नाम परिचित गराउन सफल बाजुरली छोरा गायक थापाका गितबाट आम दर्शकका आँखा रसाएका थिए ।


उहाँका पुराना पुराना देउडा तथा ठाडी भाका गितले सबैको मन स्तब्ध बनाएको थियो । उहाँको प्रस्तुती हेर्नको लागी बालबालीका देखि बुढापाखा मानिसहरु पनि महोत्सव स्थल भित्र गएका थिए उहाँका मनै दुखाउने गित संगै रमाइला देउडा गितको साथमा देउडा लगाउदै आम दर्शकहरुले मनोरंञ्जन गरेका थिए । गायक थापाका गित जति सुने पनि सुनौ,सुनौ जस्तो लाग्ने ,त्यसैमा जादुमय श्वरले दर्शकको मन नै लोभिएको थियो । गायक थापालाई हेर्नको लागी टाढाटाढा बाट बुढापाखाहरु उपस्थित भएका थिए । बडिमालिकाकै करिब सत्तरी बर्षका एकजना बुढा मानिस गायक थापाको प्रस्तुती हेर्न महोत्सव स्थल भित्र गएका थिए । उनले पत्रकार गोबिन्द्र राज तिमिल्सेना संग कुराकानी गर्दे गायक प्रकाश थापा भनेको आवाजको खानी हो,गायक भनेको थापा जस्तो हुनुपर्छ,उनका गित जति सुने पनि सुनौ लाग्ने,सबैको मन हसाउँनुका साथै रुवाउने उनका देउडा तथा ठाडी भाका गितबाट आफ्नो पनि आँखा रसाएको उनले बताएका थिए । देउडा गितको क्षेत्रमा गायक थापा जस्तो अर्को कुनै पनि ब्यक्ति नभएको उनले बताए ।

देउडा क्षेत्रको हिसामा बलियो हस्तीका रुपमा परिचित गायक थापाले महोत्सवमा आफ्ना बिभिन्न देउडा तथा ठाडी भाका गित सुनाएर दर्शकलाई छमछमी नचाउँनुका साथै रुवाउनु भएको थियो । सायद उहाँका गितमा देउडा नखेल्ने प्राय कोहि थिएन् । धुलौ मैलामा उफ्रिदै गायक थापाका गितमा सबैले देउडा लगाएर निकै रमाइलो गरेका थिए । थापाले गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए । देउडा गितको सम्राटका रुपमा चिनिने गायक थापाले आम दर्शकहरुको मन जित्न सफल भएका छन् । थापाले देउडा,ठाडी भाका गितहरु सुनाउँदै आम दर्शकहरुलाई भरपुरु नचाएका थिए भने त्यतिकै कतिपय दर्शकहरुलाई रुवाउनु समेत भएको थियो । उनले प्रस्तुति मार्फत देउडा गितको जगेर्ना गर्नुपर्छ पछिल्लो समय देउडा ओझेलमा परेको यो हाम्रो देउडा संस्कृतिको जर्गेना गर्नुपर्छ भन्दै देउडाको संरक्षण गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

गायक थापा पेशाका हिसाबले शिक्षा पेशामा आबद्ध भएको भएपनि देउडा क्षेत्रलाई पनि उत्तिकै अगाडी बढाएर लिएका छन् । उनले जतिपनि गितहरु बजाएरमा ल्याएका छन् ति गितले सबैको मन छुनुका साथै सबैले माया गर्ने गितहरु रहेका छन् । गायक थापा देउडा क्षेत्रको हिसाबले बाजुरा मात्रै नभई सिंगो नेपाल अधिराज्य भरी चिरपरिचित रहेका छन् । उहाँले देशभरका हरेक मेला महोत्सवमा गई आफ्ना मर्म स्पर्सी देउडा ठाडीभाका गित सुनाएर आम दर्शकहरुको मन जित्न सफल भएका छन् । गायक थापाले आफ्नै श्वर शब्दमा बजारमा हजारौको संख्यामा गितहरु ल्याएका छन् । ति सबै गितहरु उत्तिकै चर्चित रहेका छन् । आफ्नो जिवनको अन्तिम कालखण्डसम्म पनि देउडा गितको क्षेत्रलाई माया गरीरहने उनले बताएका छन् । देउडा संस्कृतिको जर्नेना गर्नु हाम्रो कर्तब्य हो,देउडा भनेको समाजको संस्कृति झल्काउने मुटु भएका कारण आफुले देउडा गित मात्रै बजारमा ल्याउने र मेला महोत्सवमा गाउँने गरेको उनको भनाई रहेको छ ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा सञ्चालनमा रहेको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा आइतबार गायक थापाले प्रस्तुती राख्दै देउडा क्षेत्रलाई सबैले सधैभर माया गरीराख्न आग्रह गरेका थिए । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको डेउडालाई सबैले माया गरीराख्नु पर्ने उनको भनाई रहेको थियो । आइतबार कार्यक्रममा गायक थापा संगै गायिका इब्सल सञ्याल,गायक गणेश चौतारी लगायत अन्य स्थानिय कलाकारका बेजोड सांगितिक प्रस्तुती रहको थिए । महोत्सवको एघारौ दिन अर्थात आज ख्याति प्राप्त चर्चित लोकदोहोरी गायक रामजी खाण,गायिका शोभा थापा,(हास्यकलाकार) गुड्डु बली (बाजुरेली बज्यै) गायिका बिमला थापा लगायतको प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर