• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महोत्सव अवलोकन गर्ने दर्शकको लोभलाग्दो भिड

खप्तड मालिका न्युज May 19, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  सुदुर साहित्य प्रतीष्ठान बाजुराको आयोजनामा जिल्ला सदरमुकाम मार्तडीमा गत बैशाख २८ गतेबाट सञ्चालनमा रहेको “बहसमा बार्जु, बाजुरा महोत्सव” २०८१ मा दिन प्रतिदिन महोत्सव अबलोकन गर्ने दर्शकको लोभलाग्दो भिड देखिएको छ । महोत्सव सुरु भएको केहि दिनमा खासै दर्शकको भिड नरहको भएपनि आजभोली मौषममा केहि सधार हुँदा महोत्सव स्थलभत्रि दर्शकको लोभलाग्दो भिडले महोत्सव स्थलको महोल नै फरक बनाएको छ । जेठ २ गतेबाट महोत्सव स्थल भित्र दर्शकहरुको निकै लोभलाग्दो भिड देखिएको छ ।

 

जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त बैशाख २८ गतेबाट महोत्सव सुरु भएको थियो । महोत्सव सुरु भएको दिनदेखि अहिलेसम्म सभ्य र भव्य रूपमा महोत्सव सञ्चालन भइरहेको आयोजक सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दर्शकहरुको उपस्थित बढी रहको बताउदै अध्यक्ष खडायतले दर्शकको बढी भन्दा बढी उपस्थितले महोत्सवको महोल निकै नै रमाइलो बनीरहेको बताएका छन् । देशभरका ख्याति प्राप्त चर्चित गायक गायिकाको उपस्थितले गर्दा महोत्सव उत्हास बन्दै गएको महोत्सप सास्कृतिक संयोजक राजेश (पायल) बि.क.ले बताएका छन् । मौषम राम्रो संग खुलेको खण्डमा हामीले सोचेभन्दा पनि बढी दर्शकको उपस्थित हुने उनको बुझाई रहेको छ।

 

विभिन्न समुदायका खाना स्टलहरू, मनोरञ्जनात्मक बाल उद्यान, पुराना मौलिक परम्परा बोकेको विभिन्न किसिमका स्टलहरू,जिल्लामा उत्पादन गरीएका परम्पराग प्रबिधिका सामाग्रीहरु, महोत्सवको मुख्य आकर्षण रहेका छन् ।क्रमिक रुपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको आयोजक सुदुर साहित्य प्रतिष्ठानका सचिव कृष्ण् वलीले बताएका छन् । जिल्लाको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सचिव वलीको उनको भनाई रहेको छ ।महोत्सवमा जिल्लाका प्रत्येक पालिकामा बनाईएका चोयाबाट बनेका डोका,डाला,सुपा पाल्ता,छाप्री अल्लो तथा भाँगोबाट बनेका बोल्ला,राडी,गलैचा,पाखी,टोपी कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,मागल हुड्क्यौली,भुवा,अनन्ते लगायतका खेलहरु कतिपय गरीएको र कतिपय सञ्चालन गरीने उनको भनाई रहेको छ ।

 

दिन प्रतिदिन क्रमिक रुपमा दर्शकहरु बढ्दै जाँदा महोत्सवको महोल तात्दै गएको छ । डाढाटाढा बाट महोत्सवको अवलोकन गर्न तथा सामाग्री किन्ने मानिसहरुको निकै भिड लाग्ने गरेको छ । जसले गर्दा महोत्सव स्थल उत्साहजनक भएको देखिन्छ । साना साना बालबालीका देखि बुढापाखाहरु पनि महोत्सवको अवलोकन गर्न तथा रमाइलो गर्नको लागी आउँने जाने गरेका छन् । मौषमले राम्रो साथ दिएको खण्डमा सोचेभन्दा बढी दर्शकहरुले दर्शकहरुले महोत्सवको अवलोकन गर्ने र सोचेभन्दा बढी कारोबार हुने अपेक्षा र अनुमान गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष हर्क खडायले बताएका छन् । दिउँसो तिर अलिअलि घाम लागे पनि बेलुकीपख मौषम खराबी हुँदा समस्या हुने गरेको उनको भनाई रहेको छ । दिउँसोतिर घाम हुने भएकोले कालाकारहरु स्टेज चढ्न मान्दैनन् ब्लुकी पखतिर बोलाउनु पर्ने हुन्छ बेलुकी पख मौषमले अलि साथ नदिदाँ अझै सोचेभन्दा बढी दर्शकको उपस्थित हुन नसकेको उनको भनाई रहेको छ ।

 

हिजो शनिबार बिदा परेका कारण पनि महोत्सवमा अत्यधिक भीड रहेको थियो ।शनिबारको दिन परेको हुँदा सबै कार्यालय बन्द रहेका कारण पनि महोत्सव अवलोकन गर्ने दर्शकको अत्याधिक भिड लागेको थियो । त्यस्तै हिजो शनिबार देशकै चर्चित गायिका समिक्षा अधिकारी को प्रस्तुती र।हेको हुँदा झनै दर्शकको भिड लागेको थियो । गायिका अधिकारीले प्रस्तुती दिने बेला आम दर्शकहरु मन खुुलेर नाचिरहेका थिए । धुलोमैलामा उफ्रिएर भएपनि उत्साहका साथ मनोरञ्जन गरीरहेका थिए । गायिका अधिकारीले महोत्सवको महोल निकै तताउनु भएको थियो । ससाना बालबालीका देखि बुढापाखा उनको प्रस्तुती हेर्न महोत्सव स्थल भित्र छिरेका थिए । त्यस्तै हिजो नै चर्चित गायक लाल बहादुर थापा,गायक मन बहादुर रोकाया,(हास्यकलाकार) दिर्घ शाही लगायतले पनि महोत्सवको माहोल तताएका थिए । दिन प्रतिदिन महोत्सव अवलोक गर्ने दर्शकको घुँइचो थेगी नसक्नु समेत भएको स्थल भित्र आवतजावत गर्न समेत समस्या परेको छ । चर्चित कलाकारहरुले महोत्सवलाई धमाकाका साथ रमाइलो गरीरहनु भएको छ ।

 

महोत्सव करिब अन्तिम चरणमा समेत पुगेको छ । महोत्सवमा दर्जनौ कलाकारहरुले आफ्नो प्रस्तुती दिई सकेका छन् भने कतिपय कार्यक्रमहरु पनि सञ्चालन भईसकेका छन् । महोत्सवमा एकल गायन,निबन्ध प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता, सास्कृतिक कार्यक्रम नाच लगायतका अन्य केहि कार्यक्रमहरु भईसकेका छन् । भने बाँकी रहेका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा मनोरञ्जनका लागि दैनिक जसो बिभिन्न स्थानिय कलाकारका प्रस्तुती लाइफ लोकदोहोरी कार्यक्रम,विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । महोत्सवमा प्रत्येक दिन विभिन्न क्षेत्रका बिभिन्न व्यक्तिहरुले अवलोकन गरिरहेका छन् ।महोत्सवको प्रायोजक एन.सि.एल.र एन.टि.भि. रहेका छन् भने जिल्ला स्थित सबै सञ्चार माध्यमले मिडिया पार्टनरको भुमिका निर्वाह गरीरहेका छन् । जिल्लाको कला साहित्य,संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको लागी बैशाख २८ गते बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले महोत्सवको उद्धघाटन गर्नुभएको थियो ।

 

देशभरका ख्याति प्राप्त कलाकारहरुका प्रस्तुती रहदै गर्दा आम दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवलाई सान्त बातावरणमा सु सम्पन्न गर्न सुरुक्षाकर्मि,स्वयमसेवकले सहयोग गरीरहेका छन् । दिनहुँ ख्याति प्राप्त कलाकारको प्रस्तुती हेर्नको लागी दर्शको ठुलो घुँइचो लाग्ने गरेको छ । महोत्सवको महोत्सवको दशौ दिन आज आईतवार महोत्सवमा बाजुराको माटोले जन्माएको,बाजुरेली छोरा,समधुर आवाजको धनी चर्चित देउडा गायक कोकल कण्ठि श्वरकाधनी प्रकाश थापाको बजोड प्रस्तुती रहने भएको छ । आजको दिनमा पनि दर्शकको घुँइचो लाग्ने अनुमान आयोजकले गरेको छ । सबैको मन मुटुमा बस्न सफल गायक थापाका सबैलाई रुवाउने हसाउँने मर्म स्पर्सी देउडा तथा ठाडी भाका सुन्नको लागी बुढापाखा लगायत अन्य ब्यक्तिहरुको बाक्लो उपस्थित हुने आयोजकले दाबी गरेको छ । त्यस्तै चर्चित गायिका इब्सल सञ्याल,गायक गणेश चौतारी,गायिका बिमला थापा लगायतको पनि आज बेजोड प्रस्तुती आयोजक सुदुर साहित्य प्रतीष्ठान बाजुराले जनाएको छ ।

 

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑