
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा जिल्ला सरमुकाम मार्तडीमा संञ्चालनमा रहको “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा बुधबार चर्चित बालगायक सुप्रिम मल्ल “ठकुरी” को प्रस्तुती रहने भएको छ । बुधबार बालगायक “ठकुरी” संगै गायक प्रभुराज पाण्डे र (डान्सर) शोनु र झरना लगायतको बेजोड प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

मंगलबार कार्यक्रममा बहुचर्चित गायक रमेशराज भट्टराई , गायक तथा हास्यकलाकार जनक शाउँद (अछामी माग्ने बुढा) र डान्सर सर्मिला ऐडी लगायत अन्य स्थानिय कलाकारका बजोड प्रस्तुती रहेका थिए ।भने बुधबार कार्यक्रममा देशकै ख्यातिप्राप्त चर्चित बालगायक सुप्रिम मल्ल “ठकुरी” गायक प्रभुराज पाण्डे र (डान्सर) शोनु र झरना लगायत अन्य कलाकारहरुका साथै नृत्य प्रतियोगिता पनि हुने रहने आयोजक सुदुर साहित्य प्रतिष्ठानले जनाएको छ । जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नको निमित्त महोत्सव संञ्चालन गरीएको प्रतिष्ठानका सचिव कृष्ण वलीको भनाई रहेको छ । महोत्सवमा जिल्लाका प्रत्येक पालिकामा बनाईएका चोयाबाट बनेका डोका,डाला,सुपा पाल्ता,छाप्री अल्लो तथा भाँगोबाट बनेका बोल्ला,राडी,गलैचा,पाखी,टोपी कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,मागल हुड्क्यौली,भुवा,अनन्ते लगायतका खेलहरु समेत प्रर्दशनी गरीने सचिव वलीको भनाई रहेको छ ।
त्यस्तै महोत्सवमा बक्तृत्वकला प्रतियोगिता,गजल उत्सव,साहित्य साँझ,एकल गायन, बिभिन्न सांस्कृतिक कार्यक्रम,चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,निबन्ध प्रतियोगिता,बिभिन्न नेता कार्यकर्ताहरुसंग बहस,स्थानिय जनप्रतिनिधि संग बहस,कृषि उत्पादन,जडिबुटी,बाजुराको सांस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकाश,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ । महोत्सव जेठ ८ गतेसम्म संञ्चालन हुने भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर