
सुरेशकुमार पाण्डे: “ नैना ! बाहिर हेर त को आयो डोर वेल बज्यो।” पुस्पाले आफ्नो छोरीलाई बताइन्।छोरिको अनुरोधमा केही वर्ष देखि आमा छोरी सँगै बसेका थिए। नैनाको लोग्ने विदेश बस्ने भएकोले पुस्पा छोरिकै घरमा बसेकि थिइन्।” दादा हजुर ! ” – अशोकलाई देखेर नैनाले अंगमाल गर्दै आश्चार्य प्रकट गरि।किन की अशोक करीव तीन वर्ष देखि नैनाको घरमा आएकै थिएन।दाजुलाई देखेपछि उसका आँखा रसाए।तर पुस्पाको भने छोरालाई देखेर खासै हर्षित अधर देखिएन।
अशोकले आमाको पाउँ छोयो। छोराको व्यवहार अलि लचिलो देखेपछि आमाको मनमा दुइव़टा बिचार खेल्न थाले।एउटा त अशोकमा सुधार आएको अनुभव गरि सकारत्मक बिचार पलायो ,आर्को यसमा पनि कुनै स्वार्थ अवश्यपनि हुनसक्छ। सङ्का पलायो।” आमा हजुर कती दुब्लिनु भएछ हिंजो आज। सञ्चै त होला स्वास्थयमा।”-अशोकले सोध्यो। तंलाई र तेरो परिवारलाई कस्तो छ नी ? ” पुस्पाले अशोकको कुराको उत्तर नदिएरै आफ्नो प्रतिप्रश्न राखिन ।
” हामी सबै ठिकै छम् आमा। लिनु यो बर्की हजुरलाई अनि यो खानेकुरा। आज आमाको मुख हेर्ने दिन् अर्थात माता तिर्थ औंसीनैना एउटा फोटा खिचाईदेउ त हाम्रो।”- अशोकले बहिनीलाई मोबाईल दियो र आमालाई सोल ओडाउँन थाल्यो।नैनाले आफ्नो आमातिर पिर्लुक्क हेरी।
नैना खिचाईदेऊ फोटा त आमालाई दिएको उपहारको फोटा खिच्नै पर्छ नी छोराले । साथै तिमीले विर्द्धाश्रमबाट मलाई फिर्ता ल्याएको फोटा र डोकोमैन्ट पनि अशोकलाई दिनु ।
मुहार पुस्तिकामा राखेर सबै साथिहरूमा खुबै प्रचार गरे बाबु । आफ्नो आमालाई सोल दिएको। अरू वृद्धाश्रममा पठाएको समेत राख्न नभुल्नु “-पुस्पाले छोरातिर हेर्दै भनिन्।आमाको कुरा सुनेपछि अशोकको सिर ठाडो हुन सकिन।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर