
~गजल~

हत्थकडी लगाउ वा गोलीमार सरकार,
पावर हातमा छ कित गर उद्दार सरकार।
सन्तान् तिम्रै भएपछि माग्छन् न्याय पनि,
कस्ले दिन्छ भनौँ जिउँने आधार सरकार।
अमूल्य जीवन सँग खेलवाड नगरौँ कत्ती,
कुनै दिन अवश्य हुनेछ आर पार सरकार।
विदेशी दलाल बनी जनतामा दमन नगरौँ,
जनता बन्नेछन् घाँटी सेर्ने हतियार सरकार।
लुकाई बसेको रोग निको हुँदैन फैलिएला,
साबधान गर्नुपर्ला फेरी चिरफार सरकार।
समयमै आफुलाई सुधारौँ र देशभक्त बनौँ,
छोपौँ अपराधी र नगरौँ भ्रष्टाचार सरकार।
फलामले नै फलाम लाई काट्नेगर्छ याहाँ,
उसैको बन्छ ढाल उसको तरवार सरकार।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर