
बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकामा नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत सुत्केरी तथा गर्भवती लाई पोषण सामाग्री बितरण गर्ने कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । पालिकामा कोहि गर्भवती तथा सुत्केरी महिला छन् भन्ने थाहा पाउने बितिक्कै नगर उपप्रमुख माया कुँवर खड्का सुत्केरी तथा गर्भवतीको घर दैलामा पूग्ने गर्नुभएको छ ।
पालिकामा रहेका सुत्केरी महिला तथा गर्भवतीलाई कोसेलीमा १ क्यारेट अण्डा, २ केजी चना, २ पोका तेल, २ पोका नुन र फलफूल साथमा लगेर उपप्रमुख सुत्केरीको घरदैलोमा जानुहुन्छ । उपप्रमुख खड्काले पाँच / छ दिनभित्रै नगरपालिकाको १,२ र ३ वडाका १ सय ३० जना सुत्केरी तथा गर्भवतीलाई कोसेली प्रदान गर्नुभएको छ । पालिका भरीका १० वटै वडाका ५ सय ७५ सुत्केरी तथा गर्भवती महिलालाई सुत्केरी तथा गर्भवती महिलाहरुलाई बितरण गरीने बताइएको छ ।
नगर उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत सुत्केरी,गर्भवतीलाई कोसेली बाड्नुका साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि उपप्रमुख खड्काले छलफल गर्नुहुन्छ र सिकाउनुहुन्छ । ,बुढीगंगा नगरपालिका–१ वडाको स्वास्थ्य चौकीबाट वितरण सुुरु गरिएको नगर उपप्रमुख कोसेली तथा बहुक्षेत्रिय पोषण कार्यक्रम’ अन्तरर्गत पोषण कोसेली वितरण कार्य अहिले पनि जारी रहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर