
बाजुरा– जिल्लाको गौमुल गाउपालिकाको वडा नम्बर ३ वडा कार्यालय माझपाली देखी धल्काँडा, पाते र गर्जे जोड्ने २ सय ६० मिटर लामो झोलुङ्गे पुलको निमाणर्को कार्य अन्तिम चरणमा पुगेको हो ।जिल्लाकै लामो झोलुङ्गे पुल मानिएको उक्त झोलुङ्गे पुलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।

अध्यक्ष रोकायाले दिएको जानकारी अनुसार “स्थानिय पुर्वाधार बिकास आयाेजना कार्यालय धनगढी कैलालि” काे लगानी तथा प्राविधिक सहयोगमा जिल्लाकै सबै भन्दा लामो र अग्लो झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताएका छन् । करिब १ सय ७० मिटर अग्लो उक्त झोलुङ्गे पुल निर्माणका लागी विसं २०७८ जेठमा अंसमन चन्द्रोदय जे.वि निर्माण कम्पनी धनगढीले १ करोड ५९ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य जिम्मा लिएको र उक्त झोलुङ्गे पुल निमार्ण कार्य अहिले अन्तिम चरणमा पुगेको अध्यक्ष रोकायाले बताउनु भएको छ ।
उक्त झोलुङ्गे पुलको करिव ९० प्रतिशत काम सम्पन्न पुरा भइसकेको छ भने अब १० प्रतिशत काम पुरा गर्न बाँकी रहेको बताइएको छ ।
बैशाख महिनामै कार्य सम्पन्न गरी पुल संञ्चालनमा आउने बताइएको छ । पुल संञ्चालनमा आए धल्काँडा,पाते,गर्जे लगायत अन्य ठाउँका स्थानियलाई पनि निकै सहजता मिल्ने भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर