
गोबिन्द्र राज तिमिल्सेना,बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिकामा जन्मनु भएका चर्चित गायक पबिन्द्र सुनारको “साइपालमा घाम” नामक लाेक देउडा गित भिडियोसहित सार्वजनिक भएको छ ।सुदुरकाे भाैगाेलिक,समाजिक,तथा ऐतिहासिक गतिबिधि लगाएतका कुराहरु समेटेर उक्त गितको भिडियोसहित सांगितिक बजारमा ल्याईएको छ । आम भगवान रुपि दर्शक श्राेताहरुकाे माझ निरन्तर प्रयास पछि पुन: देउडा गित साङ्गितिक बजारमा ल्याउन सफल भएको गितका गायक पबिन्द्र सुनारले खप्तड मालिका न्युजलाई जानकारी दिनुभएको छ ।

चर्चित सर्जक राजेन्द्र शाह “ विपी ” काे शब्दमा रहेको उक्त गितमा गायक पबिन्द्र सुनार र गायिका मेलिना राईले आवाज दिएका छन । भने उक्त गितकाे सङ्गीत तथा म्युजिक एरेञ्जर बिनाेद बाजुरेलीको रहेको छ । गितकाे निर्देशन भिम थापाले गर्नु भएको छ भने गितकाे मिक्सिङ खडक बाजुरेलीको रहेकाे छ । अमृत उपाध्याले छायाङ्कनकाे भुमिका निर्बाह गरेकाे उक्त गितमा शिवराज बाेहरा र राेजि कुवरले माेडेलकाे भुमिका निर्बाह गरेका छन् ।
नेपालको सांगितिक रियलिटि सो आई.एमि.नेपाल लोकस्टार बाट आफ्नो सांङगितिक यात्रा थालेका सुनारले उक्त देउडा गित साङ्गितक बजारमा ल्याएका छन । बाजुरा जस्तो दुर्गम बिकट ठाँउमा जन्मेर गित संगितको यात्रामा तल्लिन रहेका सुनार एक अब्बल गायक बन्न सफल भएका छन । गायक सुनार आई.एमि.नेपाल लोकस्टार को टप ५ मा पुग्न सफल भएका थिए त्यहि बाट गित संगितको यात्रा थालेका सुनारले बजारमा धेरै गितहरु ल्याइसकेका छन ।बाजुराको नाम,पहिचान, शिरमा पुगाउन अझै गित संगितको यात्रालाई कडारुपमा अगाडी बढाएर लैजाने पनि गायक सुनारले बताएका छन । गित संगित मान्छेको एक अपरिहार्य भाग हो मानिस जुन बेला एक्लो महसुस गर्दछ त्यो बेला गित संगित सुनेर संगितलाई आफ्नो साथि बनाउछ आफु पनि त्यस्तै ब्यक्ति भएको उहाँले बताएका छन ।
मालाश्री रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएको उक्त गितकाे भिडियाे खप्तड डिजिटल म्युजिक सेन्टरकाे अफिसियल युउटुभ च्यानल मार्फत साङ्गितक बजारमा ल्याईएकाे हाे । उक्त गितकाे उत्पादक तथा बितरक खप्तड फिल्मस् प्रा. ली. रहेकाे छ । गायक सुनारका दर्जनौं लाइभ दोहोरी गितहरु पनि साङ्गितिक बजारमा आएका छन् । गायक सुनारका चर्चित गितहरु, दिन्छौ कि मायाले,सुनकेशरी,एक्लै पारी गयौनी,लग्यो मेलम्ची,प्यासी मनले,बसे पर्खेर सुवा,मालचरी लगायतका चर्चित गितहरु यो भन्दा अगाडी नै सांङगितिक बजारमा आइसकेका छन्।
भिडियो यहाँ रहेको छ….

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर