
सुरेशकुमार पाण्डे: “सबैका बालबालिकाहरू सरकारी स्कुलमा भर्ना गर्नुपर्छ।हामीले स्कुलमा राम्रो व्यवस्था गरेका छौँ।यो हजुरहरूकै आफ्नो स्कुल हो।फिस पनि नाममात्रको हुन्छ अनि पढाइमाअब्ल छ।बालकहरू खेल्ने राम्रो चौर छ।साना बाल बच्चाहरूको लागि प्लाइ कक्षाको व्यवस्था पनि छ।”- प्रधान अध्याप मणिकलालले केही माष्ट्रहरू सहित घरघरमा गएर आधारभूत स्कुलमा भर्नागर्न अपिल गर्दै हिंडे।

गाउँमा कसैले पनि बिरोध गरेनन्।सबै सहमत थिए तर अन्तिम घरमा पुगेपछि त्यही कुरा प्रोअले दोराए।सर ! बसिस्यो न किन उभ्भिनु भयो।”-त्यो घर कि महिँलाले पेटीमा गुन्द्री बिच्छाउँदै भनिन्।उनिहरू पनि बसेबिहानै देखि हिंड्नु भएको भोकाउँनु भयोहोला म चिया नास्ता बनाउछु। “- उनि भित्र गइन।”सर हामी सबैका घरघरै गयौँ कस्तो आभाष भयो ?कत्तिको हुन्छ दाखला?” माष्टर भुटियाले प्रोअसँग सोधे।सबैजसो गाउँलेहरूले बालबालिका पठाउँछन् जस्तो लाग्यो।
“-प्रोअ मणिकलालले भने।उनिहरू आपसमा ठटौले पारामा गफिंदै थिए।” तीन घर छाडेर बाँकी सबैका बालकहरू आउँछन् जस्तो छ।”उनैले थपे।को -को तीन घर?”एउटा हजुरको घर एउटा म आर्को एकजना शिक्षक हुनुहुन्छ उहाँ।”-प्रोअ मणिकलालले विबरण बताए।एकछिन मै चिया र रोटी पकाएर उक्त महिँलाले टकारिन।”हस् बहिनी धन्यवाद भोक लागेको थियो। ” नास्ता चिया खाएपछि मणिकलालले उन्को प्रसंसा गर्दै भने।
“यतिका दुःख गर्नुभयो तर आफ्ना बाल बालिका नीजि स्कुलमा नपठाउँनुहोला नी! त्यसो गर्नुभयो भने सबै गाउँलेहरूले आक्रोश पोख्नेछन्।”-उसले चेताउँदै भनी।उनिहरू नसुन्या झैं गरेर हिंडे तरमास्ट्रजी तिनैजनाको अनुहारमा कालो बादल छाएको आभास् प्रष्टै थियो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर