
बाजुराः जिल्लाको बुढीगंगाका नगरपालिकाकी उपप्रमुख माया कुँवर खड्का गर्भवती र सुत्केरीलाई कोशेली बाँड्न घरदैलामा पुग्नु भएको छ । सुत्केरी र गर्भवतीलाई पोषीलो खानेकुरामा प्रोत्साहन गर्ने लक्ष्य सहीत पालिकाले उपप्रमुख कोशेली कार्यक्रम अन्र्तगत वितरण सुरु गरेको हो । यो वर्ष ४ सय ७५ जनालाई वितरण गर्न लागिएको उपप्रमुख माया कुँवरले बताउनुभयो । प्रति व्यक्ति २ केजी चना, १ केरेट अण्डा, २ पोका नुन र २ पोका तेल वितरण गरिएको छ । हालसम्म १, २ र ३ नम्बर वडामा वितरण गरिएको छ ।
क्रमस ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडामा पुगेर वितरण गर्ने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभएको छ । राज्यले सुत्केरी प्रोत्साहन भत्ता वापतको रकम उपलब्ध गराएपनि पालिकाको तर्फबाट पनि प्रोत्साहनका लागि कोशेली कार्यक्रम राखिएको उहाँले उपप्रमुख खड्काले बताउनुभयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर