• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

बझाङ उपनिर्वाचन : कांग्रेसबाट अभिषेक उम्मेदवार बन्ने चर्चा, युवाले टिकट पाउनुपर्ने मतदाताको माग

खप्तड मालिका न्युज April 3, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैनपुर : आगामी वैशाख १५ गते हुने बझाङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न सकेको छैन । अन्य राजनीतिक दलहरुले उम्मेदवार छनोट गरेर तीव्र प्रचार प्रसार गरिरहँदा काँग्रेसले भने उम्मेदवार पनि चयन गर्न नसकेको हो । उम्मेदवार बन्नका लागि १० जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस बझाङबाट स्व. सिंहका छोरा अभिषेक बहादुर सिंहसहित १० जनाले उम्मेदवारी दिएका छन् । अहिले १० जना नै टिकट पाउनका लागि लविङ गरिरहेका छन् ।

उम्मेदवार चयनका लागि मंगलबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकले पनि बझाङ प्रदेश सभा १ का लागि उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकेन । बैठकमा स्वर्गिय सिंहका छोरा अभिषेक बहादुर सिंहको चर्चा भएपनि उम्मेदवारको टुङ्गो भने लाग्न सकेन । बझाङमा पनि अभिषेक सिंहले टिकट पाउनु पर्ने आवाज उठिरहेको छ । ईलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेकपा एमालेले स्वर्गिय सुवाचन्द्र नेवाङका छोरा सुहाङ नेवाङलाई उम्मेदवार बनाएको छ ।

पछिल्लो समय देशमा युवाको ह्विम चलिरहेको बेला एमालेले सुहाङलाई अगाडि बढाएको छ । एमालेले त्यसलाई स्व.नेता सुवासप्रतिको सम्मान र युवा नेतृत्वप्रति जनताको विश्वास हुने भन्दै टिकट दिएको बताएको छ । इलाममा सुहाङ न्याय दिए जस्तै बझाङमा पनि नेपाली कांग्रेसले स्व. पृथ्वी बहादुर सिंहका छोरा तथा कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाउनु पर्ने आवाज उठिरहेको छ । सिंहले टिकट पाउन सकेमा विजयी हुने विषयमा अभिशेष पनि विश्वस्त छन् ।

बझाङ कांग्रेसमा उपनिर्वाचनका लागी आकांक्षी जति नै भएपनि सबै उम्मेदवारहरु मिलेर अभिषेक बहादुर सिंहलाई जिताए मात्र क्षेत्र नम्बर १ (क) लाई न्याय मिल्ने उनीहरुको भनाइ छ ।

सिंहलाई आमा बुवासँगै गुमाउँदाको पीडा एकातिर छ भने उनका बुवाले बझाङ विकासका लागि देखेका सपना पुरा गर्ने हुटहुटी र जिम्मेवारी अर्कातिर छ । सिंहले स्व.बुवा पृथ्वी बहादुर सिंहको योगदानलाई आत्मसात गर्दै जनताको सेवाको लागि काम गर्ने बताउँदै आएका छन् ।

‘बुवाले आफ्नो जीवनभर बझाङवासीको सेवामा लाग्नुभयो, उहाँले धेरै सपनाहरु देख्नु भएको थियो, जिल्लाको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासका लागि उहाँले धेरै योजनाहरु बनाउनु भएको थियो, अब ती योजनाहरु मैले पुरा गर्छु, बुवाको सपना मैले साकार गर्छु,’ उनले भने ।

को हुन् अभिषेक बहादुर सिंह ?

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री स्वर्गिय पृथ्वी बहादुर सिंहका छोरा ंतथा नेपाली काँग्रेसका युवा नेता हुन् अभिषेक बहादुर सिंह । नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका सिंह २०५५ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका थिए ।
२०७२ सालमा नेपाल तरूणदल बझाङ क्षेत्र नं १ (क) क्षेत्रिय सभापति रहेका सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा म्यानअफ द ईलेक्सन भएर विजयी भएका थिए । ग्रामिण विकासमा स्नातकोत्तर गरेका सिंहले बाल्यकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए ।
विगतमा पर्दामा नदेखिए जिल्लावासीलाई उनले सुख र दुःखमा साथ दिएका छन् । उनले विगतामा सबैलाई मिलाएर सहकार्य एवम् समन्वय गरेको र बझाङ विकासका विभिन्न एजेण्डाहरुमा छलफल गरेका छन् । सिंह भन्छन् “बुवाले विकासका लागी देखेका सपना त छँदै छन्, सुखी बझाङ, सम्बृद्ध बझाङगी जनता बनाउने मेरो लक्ष्य रहेको छ ।”

स्व.मन्त्री सिंह र कांग्रेसमा उनको योगदान

बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए ।
पदभार ग्रहणपछि कार्यव्यस्तताले एक महिना पछि गृहजिल्ला भेटघाट, उद्घाटन तथा छलफलका लागी हिडेका मन्त्री सिंहले खुसी बाड् नपाउँदै गाडी दुर्घटनामा परि निधन भएको थियो । मन्त्री सहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।
बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए । २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए । उनी २०३५ सालतिर नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए । त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बने । २०४९ सालमा उनी बझाङको तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए ।
२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भए, तर हारे । त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरे । पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए ।

२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए । ‘सरकारमा सहभागी भएपछि जिल्लावासी संग दःखसुख साटासाट गर्छु, र प्रदेशको हित हुनेगरी काम गर्छु’ भनेका मन्त्री सिंह जिल्लाबासीलाई धन्यवाद दिन जाँदा दुर्घटनामा परि मृत्यु भएको थियो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑