
–सुरेशकुमार पाण्डे/ “सालिकराम दाई! यति बिहानै कहाँ हिंडेको?”-प्रेमलालले सालिकराम झोला बोकी हिंडेको देखेर सोधे।”खुसी खोज्न?”-ऊ मुसुक्क हाँस्यो र टाउको कन्याउँदै सटिकमा भन्यो।”के भनेको हँ मैले त बुझ्नै सकिन नि ?”-प्रेमलाल आश्चार्या हुँदै फेरी सोध्यो।

“खुसी खोज्न भनेको नी भाई !आमा बाको औषधी,श्रीमतिको धोती चोलो,छोरा छोरीको स्कुलको फिस आदी इत्यादी घर खर्चको परिपूर्ति गरेपछि बल्ल मनमा खुसि पलाउँछ।होकी होइन?”-सालिकरामले प्रतिप्रश्न तेर्छायो।
“सिदैभने भैगो नी म काम खोज्न विदेश जाँदै छु भनेर यती सारै किन घुमाउँनु पर्यो।”-प्रेमलालले भने।” प्रेमलाल भाई ! जब सम्म मानिस अविवाहित हुन्छ नि बाल बालिका हुँदैनन्।जब विवाह गर्छ त्यसपछि बल्ल खुसी कहाँ लुकेको हुन्छ भन्ने अहसास हुन्छ।तिमी अहिले एक्लै छौँ त्यही भएर यसरी भनेको।”-सालिकरामले आकासलाई नियाल्दै भन्यो।
“हो दाई तर खुसी त आफ्नै मनभित्र हुन्छ । अन्त खोज्दै हिंड्दा त झन दुःख मात्रै हाता लाग्छ।”-प्रेमलालले सटिकमा भन्यो।”ठिक भन्छौ भाई तर मनभित्रको खुसी पाउँनु पनि मनमा बसेकालाई खुसी पार्नै पर्ने हुन्छ के।”-सालिकरामले यत्ति भनेर कुराको बिट मार्यो र अगाडी बढ्यो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर