
सुरेशकुमार पाण्डे / छट्के जहिले पनि हाम्रो खरबारीमा आउँछ र टन् घाँसको भारी लान्छ।बा घरमा छैनन्; आमाले केही पनि भन्दैनन् ।”-मते दुखी भएर घले सँग भन्यो।कतै दोसती त भएको छैन छट्के सँग आमाको ?” -घले ठटोले पारामा प्याच भन्यो। “होइन यार त्यस्तो त नभन”-मते कृतिम मुस्कुराहट फैलाउदै भन्छ।तर मतेको मनमा कताकतै घलेको कुराले ठाउँ बनायो।’धेरै दिनबाट मतेको’ सङ्का आज घलेका शब्दहरूले अँझै प्रघाट बनाएका थिए।
ऊ घले टाडा जाँदा सम्म ट्वाल्ल हेर्यो अनि घले अदिश्य भएपछि ठाडेभिर तिर लाग्यो।माथीबाट हेर्दा तल खरबारीमा मतेकी आमा र छट्केले घाँसको भारी बान्दै थिए।मते माथीबाट रूखको ओटलाग्यो र लुकेर चियो गर्न थाल्यो।उनिहरूले घाँसको भारी बाँधे र एकछिन नजिकै बसे अनि चलाचल गरे र भारी बोके।
मते उनिहरूको पछि-पछि लाग्यो।उनिहरू अँघी-अँघी मते पछि पछि दुबैजनाले घाँसको भारीलिएर त्यही छट्केका घर पुगे।
मते नम् आँखालिएर फर्कियो।बाटामा उहि साथि घलेको जम्काभेट भयो।”मते कहाँबाट आइस?”-घलेले सोध्यो।”म आमाको बिहेको जन्ति बनेर फर्किएं यार।”-उसले रूँदै भन्यो।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर