
बाजुरेली खस भाषाका मुक्तकहरु
१ः आँसुले मुख धुन्यावाली आज मड्की गयाकी छ
मेरा घरकी हुन्यावाली आज मड्कि गयाकी छ
भन्याको केही मान्दिन बाहिर सर्याकी भया पन्
चुलो चौको छुन्यावाली आज मड्की गयाकी छ।।

२ः घरउडाको काम गर्न्या भया मेरा पोईल आयाई बिचारी
मु साथै नजिकै सर्न्या भया मेरा पोईल आयाई बिचारी
दुख दिन्या बुहारी ल्याया रिसाउन्या हुन् घरका बाआमा,
सुखै सुख मात्रै छर्न्या भया मेरा पोईल आयाई बिचारी ।।
३ः भन्याको कत्तिपन मान्दिन क्या बैकिनी भन्नू
जत्ति सिकायापन जान्दिन् क्या बैकिनी भन्नू
जो राम्डा देख्या उईकाई पछान्डि मात्तै जादी,
मुकन मान्छेई पन ठान्दिन् क्या बैकिनी भन्नु।।
४ः बाहिर सर्याकी बेला भित्र नआयाई छाउ मान्दा छन्
घरउडाको गोरस पारस नि नखायाई छाउ मान्दा छन्
सहरका जसो घरउडो सोच्या जसो हुदैन हे बुझिराख,
यी चुला ,चौका,पुन्यारा पन नझायाई छाउ मान्दा छन्।।
५ः यहि बसि साथै रमाउली तुमि मेरा घर आया
पल्ला गाउँ जन्त जाउली तुमि मेरा घर आया
मु एक्लैले खाया गलाउदो झादईन साथ्याउ,
संगै बसेर भात खाउली तुमि मेरा घर आया।।
६ः अब छाट्टाई आईझाला क्यान झर्को मान्नि
चोखो मुया लाईझाला क्यान झर्को मान्नि
अरुले दियाको नखाला बरु डाहा मान्याले,
तम्बा हातको खाईझाला क्यान झर्को मान्नि।।
७ः हड ढाकिन्या टालाटुलि लाउँनु नत्र आँखा लाउँदा छन्
जता गयापन मेरै हात समाउनु नत्र आँखा लाउँदा छन्
अरुको अर्तीबर्ती पन भन्याको मान् अहिलेका जमाना,
पुड्डि जानू भन्दा नजिक आउँनु नत्र आँखा लाउँदा छन्।।
८ः जसि तसि बैकिनि हुनु भन्दा राडै बस्नु राम्डो
दुख पाई दिनरात रुनु भन्दा राडै बस्नु राम्डो
बैकिनीले लोग्न्याका टाला पखाल्न्या हो अझ,
उईकाई टालाटुली धुनु भन्दा राडै बस्नु राम्डो।।
९ः निको खाल्लि स्वादले बसल्लि मेरा पोईल आयाई
दिनभरि बसि पाउडर घसल्लि मेरा पोईल आयाई
तुकन केही काम गराउन्या नाँई झर्को क्यान मान्दि,
बरु च्याँई गरि गाउँ गाउँ पसल्लि मेरा पोईल आयाई।।
१०ः नाप कुडा लाउदाई दिलमा बसाईहेल्नि छन्
अरु जसो होउ कहिलेकाही हसाईहेल्नि छन्
आजभोलीका जुक जमाना निका आछिन् हेर,
नाप केहि भन्यापन केटिहरु फसाईहेल्नि छन्।।
११ः आँखा गाँजल लाउँन्यावालि कागई
रातरात सैनाउडि आउँन्यावालि कागई
जुकजमना पनि कसाकसा आउन लागे,
रुप्या पाया डिस्को धाउँन्यावालि कागई।
१२ः रातरात सैनाउडि आउन्नि क्या भयाको होला ।
घुक्कघुक्क बाडुल्कि लाउन्नि क्या भयाको होला ।
अच्यालका यि जुक जमना पनि कसा कसा आया,
बासाबासा डिस्कोबार धाउन्नि क्या भयाको होला ।।
१३ः एकुरै भट्टितिर आईजादा घर बैकिकी कुट्टाछन्
बेस्सरी रक्सि खाईजादा घर बैकिकी कुट्टाछन्
खाया पछि आफ्नै तालमा हुँदा उथा क्या गरन्,
सब्बैबाट गाली पाईजादा घर बैकिनी कुट्टाछन्।।
मुक्तककार तथा लेखकः गोबिन्द्र राज तिमिल्सेना= उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर