
सुरशकुमार पाण्डे “बिजुलीको तार सँग खेल्नु हुँदैन करेन्ट आउँन सक्छ।”- केही युवाहरूले चुडिएको बिधुतको तार छोपेको देखेर अमिलालले सुझाए। “होइन काका यो त अंस्ति देखुन टुटेर यस्तै छ।गाइहरूले बिच्छाएर बसेका थिए हिँजो हामिले भगायौँ।”- ति युवा मध्य अमिलालको छिमेकी लेखुले भन्यो। राम्रो गरे छौ बाबु ।अब बिधुत कार्यालयमा फोन गरेर भएपनि जानकारी गराए।कतै कुनै हात्सा नहौस्।”अमिलालले लेखुलाई सम्झाए र हिंडे। “यो बुढा कतिको डरछेरूवा छ जाँ पनि सङ्का गर्छ बा थरथर पर्छ।”-त्यहीँ बसेको आर्को युवाले प्याच्च भन्यो। “होइन काकाले भनेको कुरा लाग्छ पनि हात नलगाउ।”-लेखुले भन्यो।” बोक्सि होला तेरो काका ।उसले ठटौले पारामा व्यङ्ग्या गर्यो। उता अमिलालको मनमा भय थियो ‘कुनै हाद्सा हुन्छ की भन्ने’ उनिसँग नत कार्यलयको नम्वर न कुनै साधन पैदल थिए।फेरीपनि उनि बिधुत आफिसमा जान छिट्छिटै हिंड्दै थिए। अचानक त्यही वेला जोडको बिधुतिय धमाका भयो। अमिलाल पछि फर्के र धमाका भएतिर दौडिए। तार छिनेको ठाउँमा पुग्दा एउटा युवालाई करेन्टलागेर मुर्छा थियो। “उफ! डरथियो त्यही भयो।”-अमिलालले मनमनै भने। लाठिको सहाराले तार हटाए र युवालाई तुरून्तै अस्पत्ताल पठाउँन अटोमा बसाले। युवाको आमा रूँदै भन्दै थिई मेरो छोराको ज्यान लिने यही अमिलाल हो। यो बोक्शी नै छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर