
बाजुरा: बुढिगङ्गा नगरपालिकामा न्यायिक समिति अन्तर्गत वडाका मेलमिलाप कर्ताहरुलाई ३ दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । एक ओैपचारिक कार्यक्रमका बिच आज (शुक्रबार)सुरु भएको छ । बुढीगँगा नगरपालिका उपप्रमुख,न्यायक समितिका सँयोजक माया खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अतिथि धर्मराज जैशि ,बुढिगँगा नगरपालिका ५ न वडा सदस्य सुशिला मिजार, निमित्त प्रसाशकिय अधिकृत प्रेमराज जैशि,अधिवक्ता हर्क खडायत,अधिवक्ता तुलाराम जैशि , बुढिगँगा नगरपालिका वडा नँ ६ का कार्यवाहक अध्यक्ष पार्वती पाध्याय अतिथि रहनु भएको छ ।

फालासैनमा रहेको बडिमालिका होटेलमा सञ्चालन भएको न्यायिक समिति अन्तर्गत वडाका मेलमिलाप कर्ताहरु लाई ३ दिने पुनर्ताजगी तालिममा वडामा आएका बिवादहरु लाई निरुपण गर्ने का लागि मेलमिलाप कर्ता सँग सहजिकरण गर्ने मुख्य उदेश्य रहेको बुढिगँगा नगर उपप्रमुख माया खड्काले बताउनु भएको छ ।आइतबार सम्म चल्ने उक्त पुनर्ताजगी तालिममा बुढिगँगा नगरपालिकाका दस वटै वडाका २५ बढि मेलमिलाप कर्ता र पत्रकारको सहभागीता रहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर