• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

जन्म दिनमा पत्रकार भण्डारीद्वारा अक्षयकाेषमा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण

खप्तड मालिका न्युज February 27, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

अछाम ,फागुन १५ : पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षकोषमा आर्थिक सहयोग गरेकाछन । आफ्नो जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना गरेका थिए ।

No description available.

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारीले मंगलबार परेको जन्मदिनमा २७ हजार रुपैंया अक्षयकोषमा सहयोग गरेका हुन् । बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । भण्डारीले आफुले स्थापना गरेको अक्षयकोषमा तीन वर्षको अवधिमा ७९ हजार जम्मा गरेकाछन ।

No description available.

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ । रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । कार्यक्रममा गरिब ,बिपन्न तथा जेहेन्दार २० जना बिद्यार्थी हरुलाइ शैक्षिक सामाग्री र बिधालय पोशाक बितरण गरिएको थियो ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको अक्षयकाेषमा आर्थिक सहयोग सहित शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गरे । आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गरे । रावलले
शिक्षामा गुणस्तरको मापदण्ड भनेको परीक्षामा उच्च अंक ल्याउनु लाई मात्र गुणस्तर शिक्षाका रूपमा बुझ्न नसकिने बताए।

No description available.

गुणस्तरीय शिक्षाको मापन समाजका सद्स्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । एक फरक प्रसङ्गमा बोल्दै रावलले बिधालयमा भौतिक संरचनाको अभाव भएकोले त्यसको लागी आफुले पहल कदमी चाल्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अछाम बहुमुखी क्याम्पसका उपाध्यक्ष यज्ञराज ढुंगानाले गुणस्तरीय शिक्षाले देशमा शिक्षित तथा दक्ष-जनशक्ति उत्पादन गर्ने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कुनै पनि देशको बहु-आयामिक विकास र प्रगती उक्त देशको शिक्षा नीतिमा भरपर्ने बताए ।

No description available.

कार्यक्रममा बिधालयका संस्थापक सेतीराम भण्डारी ,टंक प्रसाद भण्डारी ,शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द सोप,शिक्षक बिक्रम बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिद्यालयका प्रअ भक्तराज ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भवानी भण्डारीले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑