• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जिल्लामा आजबाट १३ हजार बालबालिकालाई दादुरा -रुबेला बिरुद्धको खोप लगाईदै

खप्तड मालिका न्युज February 25, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  जिल्लामा आजबाट १३ हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको छ । सरकारले आजबाट देशभर सुरु गरेको दादुरा रुबेला खोप अभियानमा जिल्ला बाजुरामा १३ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लामा खोप अभियान संचालनका लागि स्वास्थ्यकर्मी,स्वयमसेविका र स्वयमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।

प्रत्येक चार वर्षको अवधीमा चल्ने गरेको अभियानको खोप लगाउने काम पहिलो दिन विहान १० बजेबाट सुरु गर्ने तयारी गरिएको छ । केही हिमाली भेगमा हिमपात र चिसोले सामान्य असर गरेपनि एकसाथ सुरु हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्द्रले बताए ।खोप ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई लगाइने भएको छ । दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नै अभियान सञ्चालन गर्न लागिएको हो ।खोप लगाउनका लागि प्रत्येक घरमै पुगेर निमन्त्रणा कार्ड नै दिएर खोप सेवामा सहभागि हुन स्वास्थ्यकर्मीले आमन्त्रण गरिसकेका छन् । तीनदिनसम्म तोकिएको स्थान र नभए सम्बन्धी घरमै पुगेर पनि खोप लगाउने तयारी स्वास्थ्य कार्यालय बाजुराले गरेको छ ।जिल्लाका १३ हजार ९४२ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दको भनाई रहेको छ ।बढी जोखिम भएका तराइ क्षेत्रका २४ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ । भने कम जोखिम भएका पहाडी र हिमाली क्षेत्रका जिल्लाका ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप सेवा उपलब्ध गराइने भएको छ ।

जिल्लाका १६५ वटा खोप केन्द्रमा १६५ जना स्वास्थ्यकर्मी र २३० जना स्वयम सेवक खटिएका छन् ।खोप सेवा लिने बालबालिकाको संख्या सबैभन्दा बढी बुढीगंगा नगरपालिका दुई हजार १२ जना, त्रिवेणी नगरपालिका दुई हजार १० जना, खप्तड छेडेदह गाउँपालिका दुई हजार ९ जना रहेका छन् । यस्तै बुढीनन्दा नगरपालिकामा एक हजार ९३६ जना, बडीमालिका नगरपालिका एक हजार ५९९ जना, स्वामिकात्र्तिक खापर गाउँपालिका एक हजार ३७१ जना बालबालिकाले खोप पाउने भएका छन् ।यसैगरी जगन्नाथ गाउँपालिकामा एक हजार ५४ जना, एक हजार ३१ जना र गौमुलमा ९२० जना बालबालिकाले खोप सेवा पाउने  स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक रहेको छ ।

 

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑