
बाजुरा,६ फागुन : जिल्लाको बडीमालिका नगरपालिका -१ पाटाका स्थानियहरुको सक्रियतामा श्रमदानका रुपमा सडक निर्माण गरी गाउँमा ट्याक्टर पुगाएका छन् । मार्तडी थामलेख सडक अन्तरगतमा पर्ने माथिल्लो पाटा देखी पनेरी खोला र गैरीडाँडा हुदै माँजपाटा सम्मको सडक निर्माण गरी गाउँमा ट्याक्टर पुगाईएको हो ।
पाटाका स्थानियहरुको सक्रियतामा करिब तिन देखी चार किलोमिटर सडक निर्माण गरी ट्याक्टर उक्त गाउँमा पुर्याईएको स्थानिय खडक रावतले बताउनु भयो । उहाँका अनुसार गाउँमा स्थानियहरुले करिब तिन दिन सम्म सर्वदान गरी गाउँमै सवारीसाधन पुगाईएको हुन । सडक निर्माण गरेपछी ट्याक्टरमा गाउँमा लिने सिमेन्ट,सरिया,ढुगा,गिट्टी,वालुवा लगायतको सामाग्री ओसारपोसार गर्न सजिलो हुने भएको छ ।
समन्धित स्थानिय तहले सो सडक निर्माण कार्यमा ध्यान नदिएपनि स्थानियहरुले भने सर्वदानमा सडक निर्माण कार्य सम्पन गरी गाउँमै आईबार ट्याक्टर पुर्याईएको स्थानिय रावतले जानकारी दिनुभयो । केही बर्ष अगाडी अधिल्लो नगर सरकारले गाउँमा जाने ट्याक मात्र खोलेको तर सवारी साधान भने गाउँमा नपुग्ने गरेका थिए । अहिले सर्वदानमै सडक निर्माण गरी गाउँमा ट्याक्टर पुग्न थालेपछी स्थानिय खुसी भएका छन् ।
तल्लो पाटा गाउँ सडक संजाल संग जोडिएपछी पाटा सहरी स्वास्थ्य केन्द्र र घटालेश्वरी आधारभुत विद्यालयलाई समेत सहज भएको अर्का स्थानिय नयनराज पण्डितले बताउनु भयो । उहाँका अनुसार अव सहरी स्वास्थ्य केन्द्रमै गाडी पुन्ने भएपछी विरामीहरुलाई जिल्ला अस्पतालमा लिन सहज हुने भएको छ ।
गाउँमा सवारी साधान सजिलै रुपमा पुग्ने र त्यहाँका स्थानियहरुले गाउँमा उत्पादन गरेको तरकारी,फलफुल लगायतको सामान ढुवानी गर्न सजिलो हुने उहाँले बताउनुभयो । स्थानियद्धारा सर्वदान मार्फत सडक निमार्ण गरिएको क्षेत्र सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा माननिय जुना दानीको गृह गाउँ समेत हो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर