
बाजुरा : गौमुल गाउँपालिका वडा नं १ माडीमा एक घरमा आगलागी भएकाे छ । आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । हिजो बेलुका करिब ८:३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो । स्थानीय महेन्द्र रोकायाको घरमा अचानक आगलागी भएको स्थानीय हरि बहादुर राेकायाले बताएका छन् ।
घरको भान्छा तलाबाट खाना खाएर तल्लो तलामा सुत्न आएको बेला एकाएक आगलागी भएको बताईएको छन् । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत जलेर पूर्ण रुपमा नष्ट भएको बताए ।आगलागीबाट कुनै मानवीय क्षति भने नभएको बताए । आगलागीको एकिन विवरणका लागि ईलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाबाट प्रहरीको टोली घटना स्थल गएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर